Wednesday, December 2, 2020
Home बिचार जनआक्रोश मत्थर पार्नु सरकारको कर्तव्य

जनआक्रोश मत्थर पार्नु सरकारको कर्तव्य

सरकारले विगत ६९ दिनदेखि लगातार जारी राख्दै आइरहेको लकडाउनलाई फेरि १२ दिन थप्ने निर्णय गरेसँगै सरकारप्रति आक्रोशका आवाज बुलन्द हुन थालेका छन् । नागरिकको जनजीवन दिनानुदिन संकटग्रस्त बन्दै गइरहेको अवस्थामा उनीहरूलाई सहज जीवनयापन गर्ने खालका कार्यक्रम ल्याउन सरकार असफल जस्तै भइरहेको छ । लकडाउन लम्बिदै गए पनि कोरोना भाइरस संक्रमणको दर घट्नुको साटो अत्यधिक रूपमा बढ्न थालेपछि यो संक्रमण रोक्न सरकारद्वारा लागू गरिएका कार्यक्रम असफल भएको स्वतः बुझ्न सकिन्छ । सरकारले आफ्ना योजना र कार्यक्रमलाई पुनर्विचार नगरी नयाँ खालका कार्यक्रम लागू गर्न सकेन भने कोरोना भाइरसको संक्रमण भयावह भएर जाने निश्चितजस्तै देखिन थालेको छ ।

सरकारले आशंकित व्यक्तिहरूको खोजतलास गर्ने, पहिचान गर्ने र परीक्षण गर्ने पद्धतिलाई अपेक्षित रूपमा गति दिन सकेको छैन । त्यसैले, पनि सामुदायिक रूपमा कोरोना संक्रमण हुने दर अत्यधिक रूपमा बढिरहेको छ । जनताले लगातार ६९ दिनदेखि लकडाउनको परिधिमा बसेर सरकारलाई पूर्ण रूपमा सहयोग गरेकै हुन् । तर, यस अवधिमा नागरिकका तमाम खाले समस्या समाधान गर्न सरकारी पक्ष उदासीन बन्दै आएकाले अब जनताले सरकारद्वारा लागू गरिएको लकडाउनलाई चुपचाप पालना गरेर बस्न सक्ने अवस्था छैन । यस विषयमा सरकारी पक्ष संवेदनशील बन्न जरुरी छ ।
सरकारले जारी लकडाउनलाई ३२ जेठसम्म लम्बाउने निर्णय गरेसँगै नागरिकमा चुलिएको असन्तुष्टिको सन्देशलाई सकारात्मक रूपमा लिनुपर्छ । कोरोनासँग जुध्ने एक मात्रै हतियार लकडाउन हो भन्ने मानसिकतालाई सरकारले परिवर्तन गर्नैपर्ने देखिएको छ । लामो समयसम्म लकडाउनमा बस्दा दैनिक ज्यालादारी गरेर जीविका चलाउने नागरिकको बिहानबेलुकीको चुलो बल्न छोडेको छ । मध्यमवर्गका नागरिकको जीवन पनि दिनानुदिन संकटतर्फ धकेलिन पुगिरहेको छ । औद्योगिक प्रतिष्ठानहरू धराशायी हुन थालेका छन् । सिंगो आर्थिक क्षेत्र डामाडोल बन्न पुगेको छ । आलिसान महलमा बस्नेहरू र केही मुठीभरका शासकहरूलाई मात्रै लकडाउनका कारण सिर्जित संकटको अनुभूति गर्न परेको छैन ।

त्यसबाहेक अधिकांश नागरिकहरू संकटग्रस्त अवस्थामा पुगेका छन् । भोलिका देशका कर्णधार मानिने बालबालिका र युवाहरूमा विभिन्न खाले मनोसामाजिक समस्यासमेत देखिन थालेको छन् । समाजमा आत्महत्याजस्तो जघन्य अपराधका घटनाहरू वृद्धि हुने कहालीलाग्दो अवस्था सिर्जना हुन पुगेको छ । आर्थिक, सामाजिक, सांस्कृति सबै पक्ष क्षतविक्षत अवस्थामा पुगेका छन् । आमनागरिकको गरी खान पाउने अधिकार खोसिन पुगेको छ । यदि सरकारले नागरिकका यी समस्यालाई आत्मसात् नगरी र विकल्पहरू नसोची लकडाउन मात्रै गर्दै गयो भने भोलि नागरिक स्वतः विद्रोहमा उत्रन सक्ने अवस्था पनि आउन सक्छ । त्यस्तो स्थिति सरकारका लागि अप्रिय पनि हुन सक्छ । अर्कोतर्फ संक्रमणको दर अझै भयावह भएर मानिसहरू मर्ने क्रमसमेत अत्यधिक वृद्धि भएर जान सक्ने सम्भावनलाई समेत नकार्न सकिँदैन । त्यस्तो अवस्था आयो भने कसरी समाधान गर्ने भन्ने स्पष्ट कार्ययोजनासमेत सरकारसँग छैन । भेन्टिलेटर र आईसीयूको संख्या बढाउने र भोलिको जटिल अवस्थालाई सम्बोधन गर्न सक्ने खालका कार्ययोजना छिटोभन्दा छिटो बनाउनुपर्छ । जारी लकडाउनलाई केही खुकुलो बनाउँदै आमनागरिकलाई सुरक्षित हँुदै काम गर्न सक्ने र जीवनयापन सहज हुने वातावरण सरकारले छिटोभन्दा छिटो सिर्जना गर्नुपर्छ ।

(Visited 57 times, 1 visits today)
Loading comments...

आजको समाचार

निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, रामचन्द्र पौडेल प्रहरी कार्यालयमा

दमौली । तनहुँको दमौलीमा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच आज अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

दयाहाङ एलिशालाई यसाे हेर पूर्वतिर भन्दैछन्

काठमाडौं । पछिल्लो समय अभिनेता दयाहाङ राई म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् । यसै क्रममा उनले नयाँ गीत यसो हेरे पूर्वतिर...को भिडियोमा अभिनय...

डिसेम्बरमा रिलिज हुँदै बलिउडका सात नयाँ फिल्म

मुम्बई । भारतमा गत नोभेम्बरबाट फिल्म हलहरू खुलेपछि निर्माता र वितरकहरूले आफ्ना नयाँ फिल्म डिसेम्बरमा रिलिजको घोषणा गरेका छन् । यसै क्रममा बलिउडका सात...

साताका लोकप्रिय समाचार

कोशी पीडितको समस्याबारे भारतीय पक्षको गम्भीर ध्यानाकर्षण गराउन अपील

सप्तरी । कोशीले पु-याएको क्षतिको र मुआब्जा र क्षतिपूर्ति तीन पुस्तादेखी माग्दै आएपनि हालसम्म नपाएको भन्दै सुनसरी, उदयपुर र सप्तरीका कोशी पीडितहरुको तर्फबाट संयुक्त...

बायर्न म्युनिख र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

लन्डन । जर्मनी क्लब बायर्न म्युनिख र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेका छन् । समुह ‘ए’ को खेलमा...

१ सय ९७ वर्षपछि भारत र अमेरिकामा चियाको ट्रेडमार्क सम्झौता

इलाम । चियाको राजधानी इलाम भएपनि इलामकै किसानहरुले उचित मुल्या नपाएको भन्दै बेलाबेलामा आन्दोलन र धर्ना लगायतका कार्यक्रम गरेर मात्र चियाको मुल्य पाउने गरेका...

जुम्लामा आगलागीका घटना बढे, चार दिनमा डेढ हेक्टर वन र तीनतले घर खरानी

जुम्ला । सुख्खा मौसम सुरू भएसँगै जुम्लामा आगलागीका घटनामा वृद्धि भएको छ । चार दिनको अवधिमा जुम्लाको चन्दननाथ नगरपालिकाभित्र दुई ओटा आगलागीका घटना भएका...

निर्यातमा चीनको टीबीटी र एसपीएसका अवरोध

नेपालका लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो देश चीन पर्दै आएको छ । तर व्यापार सहजीकरण र व्यापार न्यूनीकरण कुनै कदम ठोस रूपमा...

ट्रेन्डिङ

एकवर्षमा ४ अर्ब २२ करोड ४७ लाखको प्याज आयात

काठमाडौं । आर्थिक वर्ष २०७६-७७ मा ४ अर्ब २२ करोड ४७ लाख रुपैयाँभन्दा बढीको विदेशी प्याज आयात भएको छ । भन्सार विभागअनुसार सो अवधिमा...

जनस्वास्थ्य र स्वास्थ्य मन्त्रालय

नेपालको संविधानमा प्रत्येक नेपालीलाई स्वास्थ्यका लागि ग्यारेन्टी गरिएको छ । अथवा स्वास्थ्यलाई व्यक्तिको नैसर्गिक अधिकार भनिएको छ । तर, के नेपालमा प्रत्यक नेपालीले राज्यद्वारा...

पर्यटकको संख्या घट्यो

काठमाडौं । सरकारले वार्षिक २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित शुभारम्भ गरेको नेपाल भ्रमण वर्षको पहिलो महिना (जनवरी)मा नेपाल भित्रिने पर्यटकको संख्या घटेको...

कमिसन चक्करमा ५ करोड बढी घोटाला गर्दै

काठमाडौं । कमिसनको चक्करमा ५ करोड बढी रुपैयाँ घोटाला गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगोमा गुणस्तरहीन चामल खरिद गरिरहेको पाइएको छ । खाद्य...

पाकिस्तानमा हिन्दू मन्दिर हस्तान्तरण गरियो

बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानको जोब जिल्लामा निकै समय अघिदेखि बन्द रहेको मन्दिर हिन्दू समुदायलाई हस्तान्तरण गरिएको छ ।...

यी २३ रोग, जसले विश्वलाई नै आतंकित बनायो, करोडौंको ज्यान लियो

पृथ्वीमा प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र...

शंकर ग्रुपको ठगी धन्दाले सर्वसाधारणको घर जोखिममा, जगदम्बाका तीन सय टन गुणस्तरहीन डन्डी नष्ट गरिँदै

काठमाडौं । कथित उच्च घरानियाँ भनेर चिनिने शंकर ग्रुप ठगी धन्दामा मस्त भइरहँदा आमउपभोक्ता भने आफ्नो घर जुनसुकै समयमा पनि भत्किन सक्ने भन्दै रातदिन...

नेतृत्व कमजोर हुँदा पार्टी कमजोर भयो : पौडेल

काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘नेतृत्व कमजोर हुँदा पार्टी नै कमजोर अवस्थामा पुगेको’ बताएका छन् । जननायक बिपी कोइरालाको ३८औं स्मृति...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

भर्खरै

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

धेरै पढिएका

काठमाडौँमा आज बढी चिसो महसुस

काठमाडौँ । काठमाडौँमा आज यो वर्षकै बढी चिसो गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यो वर्षकै कम मापन...

कम्तीमा ४३ जना किसानको घाँटी रेटेर हत्या

माइदुगुरी । नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेका छन् । धान खेतमा काम...

नरेश र मेक्समको मंसिरलाई पञ्चेबाजा गीत

काठमाडौं । संगीतकार नरेश खाती र गायक मेक्सम खातीले नयाँ पञ्चेबाजा गीत दर्शकमाझ ल्याएका छन् । मंसिरमा विवाहको लगन चलिरहेको बेला सो विवाहसमेतलाई लक्षित...

यस्ताे छ सेयर बजार बढ्नुकाे रहस्य, दुई हजार बिन्दुमाथि नेप्से

काठमाडौं । धितोपत्र बजारले बुलिसको यात्रा तय गर्दै नेप्से २ हजार नाघ्दा नेपाल धितोपत्र बोर्डले संयमित भएर लगानी गर्न आग्रह गरेको छ भने प्राथमिक...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)