काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनको बहस पत्र तयार गर्ने कार्यदलमा आफ्नो प्रतिनिधि तोकेको छ।
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलमा रास्वपाले अधिवक्ता मोहनलाल आचार्यलाई प्रतिनिधि रूपमा पठाएको प्रवक्ता मनिष झाले बताए।
कानुनी पृष्ठभूमि र अनुभवका आधारमा रास्वपाले आचार्यलाई प्रतिनिधिका रूपमा अघि सारेको जनाएको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको बहस पत्र तयार गर्न कार्यदल गठन गरेको थियो।
कार्यदलमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको प्रतिनिधित्व रहनेछन्।
तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)






