पूर्व सांसद यादवले गरे चुनावी खर्च विवरण सार्वजनिक

राजविराज । नेपाली काँग्रेसको तर्फबाट सप्तरीको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका दिनेश कुमार यादवले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

मंगलबार निर्वाचन समिक्षा तथा खर्च विवरण सार्वजनिकिरण कार्यक्रम गरेर उनले आफ्नो खर्च विवरण सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा उनले निर्वाचन कार्यालयमा तोकिएकै समय सिमाभित्र बुझाएको निर्वाचन खर्च विवरण अनुसार कूल १० लाख १० हजार खर्च भएको उल्लेख गरेका छन् । मनोनयन दर्तामा १० हजार, झण्डा, ब्यानर, तुलमा एक लाख १७ हजार एक सय, पर्चा पम्पलेट, नमुना मतपत्र छपाईमा एक लाख १५ हजार, गाडी भाडा र इन्धनमा चारलाख ५० हजार मतदाता शिक्षामा दुई लाख दुई हजार पाँच सय, खाना र नास्तामा ६७ हजार तीन सय ५० तथा विविधमा ४८ हजार ५० रुपैयाँ खर्च भएको उनले आफ्नो निर्वाचन खर्च विवरणमा उल्लेख गरेका छन् ।

कार्यक्रममा पार्टीका कार्यकर्ता तथा समर्थकहरुलाई धन्यवाद दिदै उनले आगामी निर्वाचनमा सफलता हासिल गर्न सबै एकतावद्ध भई अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

epaper

ताजा समाचार

दाम उठ्यो, हिसाब छुट्यो—३८ लाख कसरी फुट्यो?