धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ नतिजामा सुधार : ३ वर्षमा ९ बाट ५० प्रतिशत नाघ्यो

धनगढी । धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ को वार्षिक परीक्षाको नतिजामा उल्लेखनीय सुधार देखिएको छ । यस वर्ष ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालन गरिएको परीक्षाको नतिजाअनुसार पछिल्ला वर्षहरूमा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि क्रमिक रूपमा सुधार हुँदै गएको छ ।

२०७९ सालमा ९.४७ प्रतिशत मात्र रहेको उत्तीर्ण दर २०८० मा ३०.७९ प्रतिशत पुगेको थियो। त्यसपछि २०८१ मा ४२.१६ प्रतिशत पुगेको नतिजा २०८२ मा आइपुग्दा ५० प्रतिशतभन्दा माथि पुगेको हो ।

यस वर्ष धनगढीका ४३ वटा सामुदायिक विद्यालयबाट २ हजार ५ सय ४३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये १ हजार २ सय ७३ जना विद्यार्थी पहिलो चरणमै उत्तीर्ण भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

epaper

ताजा समाचार

रोलिङसँग फिदिम ३–० ले स्तब्ध