‘मायाले जाल हान्यो’ गीत वैशाख ७ मा सार्वजनिक हुने

काठमाडौं । चर्चित मोडेल पल शाह र गरिश्मा पौडेलले अभिनय गरेको मायाले जाल हान्यो गीत सार्वजनिक हुने भएको छ । गायक खेम सेन्चुरी र शान्ता रानी परियारको स्वरमा रहेको नयाँ गीत ‘मायाले जाल हान्यो’ आगामी वैशाख ७ गते सार्वजनिक हुने भएको छ।

नेत्र अर्यालको शब्द र सुबाश कार्की (कार्की जी) को संगीत संयोजन रहेको उक्त गीतलाई बिक्रम चौहानले निर्देशन गरेका छन्। भिडियोमा कलाकार पल शाह र गरिश्मा पौडेलको अभिनय देख्न सकिनेछ।

बुद्ध थापा र उनको टिमले छायांकन गरेको म्युजिक भिडियो वान डिबी स्टुडियोमा तयार पारिएको हो । गीतका निर्माता विनोद कुँवर रहेका छन् ।

प्रेमभावमा आधारित यस गीतले दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

'वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको छ'