काठमाडौं । रास्वपा केन्द्रीय समिति बैठकमा बिचौलिया दिपक भट्टसँग सम्बन्ध जोडिएको विषयमा गृहमन्त्री सुधन गुरुङको विषयमा कुनै छलफल नै भएन ।
यसअघि बालेन्द्र सरकारमा श्रममन्त्री रहेका दीपककुमार साहलाई कुनै स्पष्टीकरण नै नसोधी मन्त्रीबाट फिर्ता बोलाएको रास्वपा केन्द्रीय समिति बैठकमा विवादित सेयर र बिचौलिया भट्टसँगको सम्बन्धले आलोचना खेपिरहेका सांसदसमेत रहेका गृहमन्त्री गुरुङको ’boutमा नेताहरू तैँ चुप मैँ चुप भएका छन् । रास्वपा प्रवक्ता झाका अनुसार केन्द्रीय समिति बैठकले गुरुङको ’boutमा कुनै निर्णय गरेन ।
सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्रले सरोकार पत्र पठाएको जिकिर उनले गरेका छन् । ‘रिपोर्टिङमा उठाउनुभएको भए नेता तथा पदाधिकारी यसको जबाफ दिनका लागि जिम्मेवार हुनुपथ्र्यो । प्रसंग नआउँदै गर्दा सम्भवत आवश्यक छलफल बाँकी छ, समय बाँकी छ ।
अहिलेका लागि यसलाई प्रस्तावका रूपमा भन्दा पनि छलफल बाँकी नै छ भन्नेमा लिऔँ, यसमा प्रश्न उठाउन नपाइने भन्ने होइन, नेताहरूसँग सुझबुझ, प्रक्रिया र यसअघि गरिएका नजिर पनि छ,’ प्रवक्ता झाले भने, ‘हिजो (आइतबार) नै पार्टी सभापतिले अहिले नै मूल्यांकन गरेर निष्कर्षमा पुग्ने समय आएको छैन है भनेर बोल्नुभएको छ । हरेक निर्णय बैठकमै आउनुपर्छ भन्ने होइन । आजको प्रस्तावित एजेन्डा नै थिएन । त्यस विषयमा छलफल पनि भएको छैन ।’
सम्बन्धित समाचार
तत्कालै सम्झौता नभए ‘पूरै देश नै समाप्त पार्ने’ ट्रम्पको चेतावनी
मन्त्री भएको दुई सातामै हटाइए श्रममन्त्री साह
प्रतिनिधि सभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
मन्त्रिपरिषदमा ४० प्रतिशत महिला
परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
प्रधानमन्त्री बालेन तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक
बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट दिए राजीनामा
कांग्रेस विवाद मुद्दामा सकियो बहस, आदेश आजै आउने






