काठमाडौं । अघिल्लो चलचित्र ‘बोक्सीको घर’को उच्च मुनाफाले हौसिएकी अभिनेत्री केकी अधिकारीले आफ्नो दोस्रो लगानीमा नयाँ चलचित्र ‘स्टेसन’ निर्माण सुरु गरेकी छिन् । सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा पूजा सहित उनले यसको मुहूर्त गरेकी हुन् । चलचित्रको छायांकनमा अर्को साताबाट सुरु हुने अभिनेत्री केकीले बताइन् । चलचित्रलाई निर्देशक सुरक्षण भारतीले गर्दैछन् ।
केकी र सुलक्षण दुबै जना यसमा मुख्य भूमिकामा हुनेछन् । केकी अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रको स्क्रिप्ट निर्देशक भारती स्वयंले लेखेका हुन् । यसको निर्मातामा केकीसँगै बद्री अधिकारी पनि छन् ।
तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)
सम्बन्धित समाचार
कलाकार सागर लम्साल हाजिरी जमानीमा रिहा
विन्ध्यवासिनीद्वारा शम्भुजीतलाई १ लाखसहित लाइफ टाइम एचिभमेन्ट अवार्ड
विष्णु विवेकको पुस्तक ‘घाटगाउँ’ अमेरिकामा पनि विमोचन
‘पहिलो हाँसो’ को नयाँ संस्करण सार्वजनिक
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो’
चलचित्र ‘डिगर’प्रति उत्साहित छन् अभिनेता टम क्रुज
नवगायक दिलिप लिम्बुको एकै साथ दुई गीतको म्युजिक सार्वजनिक
‘मायाले जाल हान्यो’ गीत वैशाख ७ मा सार्वजनिक हुने






