चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौं । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ।आगलागी, हुरी, चट्याङ, हिमपात लगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार बालबालिकाको मृत्यु भएको हो।

दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन्। विपदबाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भएको छ भने ५२९ चौपाया मरेका छन्।

विपदबाट ३३ करोड ७२ लाख ६१ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। विपद् प्रतिकार्यमा चार हजार ८४१ प्रहरी परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए।

विपदबाट १४३ जना विस्थापित भएका छन्। सो अवधिमा कोशीमा २७२, मधेसमा १३६, बागमतीमा ८५, काठमाडौँ उपत्यकामा ३९, गण्डकीमा ९५, लुम्बिनीमा १२९, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा ९३ विपद्का घटना भएका जनाइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

संसद् अधिवेशन स्थगित