राजविराजमा २२ बर्षपछि साकेत पार्क सञ्चालनमा

चालिस बर्ष अघि राज्यद्वारा बेपत्ता पारिएका छोराको यथार्थ अवस्था पत्ता लगाईदिन वृद्ध आमाको अपिल
राजविराज । लामो प्रतिक्षा चिर्दै राजविरजको मुटुमै रहेको शहीद साकेत पार्क २२ बर्षपछि पुनः सञ्चालनमा आएको छ ।

संरक्षण र सम्बद्र्धनको अभावमा जिर्ण बनिसकेको पार्कलाई राजविराज नगरपालिका कार्यालयले स्तरोन्नती गरी कायापलट गरेपछि शनिवार देखि पुनः सञ्चालनमा आएको हो ।

राजविराज ७ मा रहेको उक्त पार्क सर्वसाधारणका लागि शनिवार देखि नै खुल्ला गरिएको छ । उक्त कार्यको शुभारम्भ गर्दै प्रमुख अतिथि कार्यवाहक नगरप्रमुख इसरत परवीनले नगरका सार्वजनिक सम्पतिहरुको संरक्षण गर्दा नगरवासी मात्र नभई जिल्लावासी र बाहिरका पाहुनाहरु पनि लाभान्वित हुने बताईन् ।

व्यवस्थित गरि सञ्चालनमा ल्याइएको पार्कले नगरलाई सौन्दर्यता प्रदान गर्न, सर्वसाधारणलाई फुर्सदको समयको सदुपयोग गर्न, बालबालिकालाई मनोरञ्जन गर्न, हरियालीको आनन्द लिन र वातावरण स्वस्थ्य राख्न समेत मद्दत पु¥याउने उनको भनाई छ । उनले यसपटक उपलब्ध बजेट अनुसार पार्कको स्तरोन्नती कार्यको थालनी गरेर आगामी आर्थिक बर्षमा थप बजेट विनियोजन गरी पार्कलाई अझ सुविधा सम्पन्न बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्दै शहीद साकेतचन्द्र मिश्र प्रति श्रद्धान्जली अर्पण गरेकी थिईन्

नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले पार्कको स्तरोन्नती कार्यसंगै पुनः सञ्चालनले जिल्लावासी लाभान्वित हुने भन्दै यसको व्यवस्थित सञ्चालनमा नगरपालिका कार्यालयले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य मनोज कुमार माझीले २०४२ सालको राजतन्त्र विरोधी आन्दोलनका क्रममा असार ७ गते पक्राउ गरी प्रहरीद्वारा निर्मण यातना सहित केही हिरासतमा राखी बेपत्ता पारिएका मिश्रको अवस्था अहिले सम्म सार्वजनिक नहुनु राज्यको कमजोरी भएको भन्दै त्यसका लागि एक उच्चस्तरी छानवीन समिति गठन गरी उनको अवस्था सार्वजनिक गरिनुपर्ने माग गरे ।

कार्यक्रममा लौरो टेक्दै उपस्थित भएकी मिश्रकी ८८ बर्षीया आमा चपला देवीले प्रहरीले घरैबाट छोरालाई अपहरण शैलीमा लगेको बताईन् । चार दशक भन्दाबढी समय देखि राज्यद्वारा बेपत्ता पारिएका छोराको अवस्था अझै अज्ञात रहेको पीडा पोख्दै वर्तमान सरकार संग यस’bout यथार्थ कुरा सार्वजनिक गर्न अपिल समेत गरेकी छिन् ।

वडाध्यक्ष सुभाषचन्द्र यादवको अध्यक्षतामा आयोजित उक्त समारोहमा अर्का वडाध्यक्ष जयनारायण मंडल, वडा सदस्य रामानन्द देव, युवा समाजसेवी रामनारायण मेहता, तिर्थनारायण दास लगायतले पनि शुभकामना दिएक थिए ।

गणतन्त्रवादी नेता स्व. रामराजा प्रसाद सिंह नेतृत्वको तत्कालिन जनवादी मोर्चाका स्थानिय नेता रहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ निवासी ४२ बर्षीय मिश्रलाई २०४२ असार ७ गते प्रहरीले घरबाटै पक्राउ गरेका थिए । उनी संगै पक्राउ परेका राजविराज नगरपालिकाका पुर्व नगरप्रमुख जगरनाथ दासका अनुसार प्रहरीले जनवादी मोर्चाका कार्यकर्ता रहेको भन्दै आफु सहित साकेतलाई हिरासत भित्र चरम यातना दिईएको थियो ।

सोही क्रममा साकेतको अवस्था गम्भिर भएपछि रातारात उनलाई हिरासतबाट निकालेर प्रहरीले भ्यानमा राखि अज्ञात स्थलतर्फ लगेको उनको भनाई छ । मुलुकमा यस अवधिमा धेरै सरकार फेरिएपनि साकेतको यथार्थ अवस्था भने पत्ता लगाउने र सार्वजनिक कार्यमा कसैले चासो नदेखाएको स्थानियको गुनासो छ ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली