अभिनेता रणवीर सिंहले अदालतमै माफी मागेपछि टुंगिँदै मुद्दा

मुम्बई । चलचित्र ‘कान्तराः च्याप्टर १’ मिमिक्री विवादको सम्बन्धमा अभिनेता रणवीर सिंहले शनिवार अदालतमा माफी मागेका छन्। रणवीरले कर्नाटक उच्च अदालतमा संशोधित माफी पत्र दायर गर्दै शनिवार बिना सर्त माफी मागे । उनले माफी मागेको पत्रलाई अदालतले रेकर्डमा राख्दै रणवीर विरुद्धको मुद्दा टुंग्याउने संभावना देखाएको छ ।

न्यायाधीश एम. नागाप्रसन्नको अदालतले रणवीर सिंहको निवेदनको सुनुवाइ गरेको हो । जसमा रणवीर विरुद्ध दायर गरिएको एफआईआर खारेज गर्न माग गरिएको थियो ।

गत वर्ष एक कार्यक्रममा रणवीरले चलचित्र ‘कान्तराः च्याप्टर १’ को एक पात्रको नक्कल गरेका थिए । उनले मन्दिरको देवीको ’boutमा कथित रूपमा आपत्तिजनक टिप्पणी पनि गरेको थियए । उनको टिप्पणी पछि रणवीर विरुद्ध एफआईआर दायर गरिएको थियो ।

यो मुद्दामा रणवीर सिंहको प्रतिनिधित्व गर्ने अधिवक्ता सज्जन पूवायले यी अभिनेताले बिना सर्त माफी माग्दै नयाँ माफी पत्र दायर गरेको जानकारी सञ्चारकर्मीलाई गराएका छन् ।

अभिनेता रणवीरले अब मन्दिरको भ्रमण गर्ने वाचा गरेको पनि सो माफी पत्रमा उल्लेख गरेको ती अधिवक्ताले जनाएका छन् । उजुरीकर्ताले अदालतलाई भने कि यो मुद्दा केवल कानुनी विवाद मात्र होइन, बरु धार्मिक आस्थाको विषय हो । यस अघि अदालतले यही कारणले गर्दा एफआईआर रोकिएको छैन भन्यो ।

तर, अदालतले शनिवार दिएको आदेशमा अभिनेता रणवीरले चार हप्ता भित्र मन्दिरको भ्रमण गर्नुपर्ने कुरा उल्लेख छ । अदालतले यो विषयमा अभिनेतालाई पूर्ण चेतावनी दिएको छ ।

अदालतको यो निर्देशन पछि रणवीर सिंहले धार्मिक भावनाको सम्मान गर्ने बताएका छन् । यसरी उनले अदालतको निर्देशन पालना गर्दै माफी मागेपछि सो अदालतले सुनुवाइको अन्त्यमा उनको माफी पत्र रेकर्डमा लिने जनाएको हो । यो निर्देशन पालना गरेपछि उनी विरुद्धको निवेदन अदालतले खारेज गर्ने छ ।

केवल सेलिब्रेटी हुनुले कुनै पनि समुदायको धार्मिक भावनालाई चोट पु¥याउन पाइँदैन भन्दै यसअघि, उच्च अदालतले उनलाई सचेत गराएको थियो । साथै अबका दिनमा सार्वजनिक स्थानमा बोल्दा कसैलाई पनि चोट पुग्ने भनाई नराख्न पनि अदालतले अभिनेता रणवीर सिंहलाई कडा निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार