रौतहट । रौतहटको मौलापुर नगरपालिकाको विकास पुर्वाधार लगायतका बिषयमा अध्ययन एवं अवलोकन गर्नेहरुको बढदै गइरहेका छन् । आज कपिलबस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाका उपमेयर सहितको ३० सदस्यीय भ्रमण टोलीलाई मौलापुरका मेयर रिनाकुमारी साहले स्वागत गरेकी छन् ।
मेयर साहले भ्रमण टोलीलाई स्वागत गर्दै मौलापुर नगरपालिकामा भएको विकास, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, यातायात, आवास निर्माण लगायतका क्षेत्रमा भएको उदहरणीय कार्यको ’boutमा समेत जानकारी गराएकी छन् ।
मौलापुर नगरपालिकामा भएको विकास मोडेल कामबाट प्रभावित भई विभिन्न नगरपालिका एवं पालिकाहरुबाट विभिन्न टोलीहरु भ्रमणका लागि आइरहेका छन् । चितवन, कपिलबस्तु, रुपन्देही लगायतका बिभिन्न जिल्लाबाट आउँने भ्रमण टोली मौलापुरको कामबाट प्रभावित भई त्यहाँ लागु गरिएका योजनाहरु समेत आफ्नो पालिकामा लागु गर्ने प्रयास गर्दैआएका छन् ।
मौलापुरको शून्य कर नीति, निःशुल्क बिजुली–पानी, शिक्षा र स्वास्थ्यको बिकास एवं एकीकृत दलित बस्ती निर्माण लगायतका बिकासका कामले देशैभरी चर्चा हुने गरेको छ । नेपालमा मात्र नभई मौलापुरको विकासको कामको ’boutमा छिमेकी मुलुक भारतको विहारमा समेत चर्चा हुने गरेको छ ।
सम्बन्धित समाचार
सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो
मिथिलामा आज सतुवाइन पर्व मनाइँदै
नारायणी सिँचाइ : जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
वीरगञ्जमा अतिक्रमित संरचना भत्काउन सुरु
गौर हत्याकाण्ड’bout भ्रामक प्रचार नगर्न पीडितको अपिल
मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
पर्सा महासंघ पनि आन्दोलित, सरकारी निर्णय फिर्ताको माग
लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा







