काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले उल्लेखनीय नाफा आर्जन गरेका छन् ।
बैंकहरुको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल ४९ अर्ब २१ करोड २२ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिको ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँको तुलनामा १९ दशमलव ३० प्रतिशतले बढी हो ।
नेपालका वाणिज्य बैंकहरूले यो नाफा चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा कमाएका हुन् ।
उच्च ब्याजदरको चाप घट्दै जानु, निक्षेपको लागत कम हुनु र नियामकीय सहुलियतका कारण बैंकहरूको नाफामा सकारात्मक प्रभाव परेको बताइएको छ ।
कुल २० वाणिज्य बैंकमध्ये अधिकांशको नाफा बढेको छ भने केही बैंकको भने गिरावट आएको छ । तथ्यांकअनुसार १३ वटा बैंकको नाफा बढ्दा ७ वटा बैंकको नाफामा संकुचन देखिएको छ । नाफा घट्ने बैंकहरूमा ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, कृषि विकास बैंक, प्रभु बैंक र एनआईसी एसिया रहेका छन् । बाँकी बैंकले भने नाफामा सुधार गर्दै बैंकिङ क्षेत्रमा प्रतिस्पर्धात्मकता अझै तीव्र रहेको संकेत दिएका छन् ।
नाफाको आधारमा नबिल बैक पुनः शीर्ष स्थानमा कायम रहेको छ । सो बैंकले नौ महिनामा ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव ९२ प्रतिशतले बढी हो । गत वर्ष नबिलको ५ अर्ब ५ करोड रुपैयाँ नाफा रहेको थियो ।
लामो समयदेखि स्थिर व्यवस्थापन र सुदृढ व्यावसायिक रणनीतिका कारण नबिल बैंकले आºनो अग्रता कायम राख्न सफल भएको बताइएको छ ।
नाफाको हिसाबले दोस्रो स्थानमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकले ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ नाफा कमाए पनि यसको नाफा २ दशमलव ९३ प्रतिशतले घटेको छ । उच्च आधारका कारण वृद्धिदरमा गिरावट देखिए पनि समग्र नाफा भने उल्लेख्य रहेको छ । सो बैंकको नाफा गत वर्ष ४ अर्ब ५३ करोड रुपैयाँ थियो ।
यस अवधिमा कुमारी बैंकले ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ नाफा कमाउँदै १ हजार ३ सय ६१ दशमलव ७६ प्रतिशतको अत्यधिक वृद्धिदर हासिल गरेको छ । सो बैंकको नाफा गत वर्ष २८ करोड ५८ लाख रुपैयाँ मात्रै थियो ।
गत वर्ष प्रोभिजनिङका कारण न्यून नाफामा सीमित रहेका बैंकले यस वर्ष कर्जा असुली सुधार, लागत नियन्त्रण तथा सञ्चालन दक्षता बढाउँदै उल्लेखनीय सुधार गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाउँदै १ सय २९ दशमलव ३४ प्रतिशतको वृद्धि हासिल गरेको छ । त्यस्तै सानिमा बैंकले ४२ दशमलव २२ प्रतिशत, माछापुच्छ«े बैंकले १ अर्ब ६५ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । यो ५० दशमलव ४३ प्रतिशतले बढी हो ।
हिमालयन बैंकले भने ७६ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गतवर्षको तुलनामा ५२ दशमलव ४९ प्रतिशतले बढी हो ।
प्राइम कमर्सियलन बैंकले ३ अर्ब ८ करोड रुपैयाँ नाफा कमाउँदै ३८ दशमलव ५८ प्रतिशत वृद्धि गरेको छ भने सिटिजन बैंक इन्टरनेसनलले १ अर्ब ३० करोड रुपैयाँ नाफासहित ३५ दशमलव ८२ प्रतिशत वृद्धि हासिल गरेको छ ।
नेपाल बैंकको नाफा ० दशमलव ३४ प्रतिशत मात्रै बढेको छ । यो बैंकले २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ नाफा कमाएको हो ।
एनएमबी बैंकले भने २ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको छ । यो १३ दशमलव २५ प्रतिशतले बढी हो ।
सबैभन्दा कम नाफा एनआईसी एसियाको रहेको छ । यस अवधिमा सबैभन्दा कम नाफा कमाउने यो बैंकले १४ करोड ३ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा १० दशमलव ४९ प्रतिशतले कम हो ।
त्यस्तै प्रभु बैंकको नाफामा पनि कमी देखिएको छ । बैंकको नाफा ५४ दशमलव ६१ प्रतिशतले घटेको छ । प्रभुले ८५ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ रहेको छ । एभरेष्ट बैंकको नाफा ३ दशमलव ७१ प्रतिशतले घटेको छ ।
त्यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ । यस बैंकको नाफा ३० दशमलव ६९ प्रतिशतले घटेको छ ।
यसैगरी सानिमा बैंकको २ अर्ब ३५ करोड रुपैयाँ नाफा रहेको छ । या बैंकको ४२ दशमलव २२ प्रतिशत वृद्धि भएको छ ।
लक्ष्मी सनराइज बैंकको नाफा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ रहेको छ । यो बैंकको नाफा २३ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ ।
सिद्धार्थ बैंकको भने २ अर्ब १ करोड ४८ लाख रुपैयाँ नाफा भएको छ । यो २० दशमलव ७८ प्रतिशतले बढी हो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा २ अर्ब ८ करोड रुपैयाँ नाफा रहेको छ । यस बैंकको नाफा ४ दशमलव २४ प्रतिशतले घटेको छ ।
यसैगरी नेपाल एसबीआई बैंकको १ अर्ब ४६ करोड १७ लाख रुपैयाँ नाफा रहेको छ । यो २१ दशमलव ४९ प्रतिशत बढी हो ।
समग्रमा बैंकहरुको निक्षेपको ब्याजदर घट्दा लागत कम भएकाले नाफा बढेको बताइएको छ । यसैगरी कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा, राष्ट्र बैंकले जोखिम भार घटाउनु, सञ्चालन खर्च नियन्त्रण र खराब कर्जा व्यवस्थापनमा सुधारका कारणले पनि नाफामा वृद्धि भएको हो ।
एक बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार व्यवसाय अपेक्षाअनुसार विस्तार हुन नसके पनि नियामकीय सहुलियतले नाफामा केही राहत पुगेको हो ।
नाफा बढे पनि बैंकिङ क्षेत्र अझै पूर्णरूपमा सहज अवस्थामा पुगेको छैन । कर्जा माग सुस्त रहनु, आर्थिक गतिविधि अपेक्षाकृत कम हुनु र बाह्य क्षेत्रका प्रभावका कारण बैंकहरूको ‘कोर बिजनेस’ अझै दबाबमा रहेको छ ।
ऋणको माग कमजोर हुँदा बैंकहरूमा अधिक तरलता थुप्रिने समस्या देखिएको छ भने कर्जा असुलीमा पनि केही चुनौती कायम रहेको छ ।
सम्बन्धित समाचार
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा आचार्य नियुक्त
डोल्मा फन्डको दबाबमा पुनः व्युँताइँदै दोहोरो कर
‘वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको छ’
रास्वपा केन्द्रीय समिति बैठक सोमबार
भारतबाट रु १०० भन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार कर, नाकामा कडाइपछि किनमेल घट्यो
यी हुन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय
पक्राउ छल्न गृहमन्त्री गुरुङलाई विवादमा तान्दै शेखर–राजबहादुरसहितका प्रभावशाली व्यवसायी
बालेन सरकारले थप तीनवटा अध्यादेश पठायो शीतल निवास






