रेमिट्यान्समा लाभ : सामसंग नेपालको नयाँ अभियान सुरु

काठमाडौं । Samsung Nepal ले “Remit मा Benefit Campaign” सार्वजनिक गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई लक्षित विशेष उपभोक्ता योजना सुरु गरेको छ।

रेमिट्यान्सलाई केवल आर्थिक सहयोग नभई त्याग र जिम्मेवारीको प्रतीकका रूपमा लिँदै कम्पनीले यस अभियानमार्फत प्रविधिमा पहुँच बढाउने लक्ष्य राखेको जनाएको छ।

अभियानअन्तर्गत स्मार्टफोन, टिभी, फ्रिज र वासिङ मेसिनमा अधिकतम ६ प्रतिशतसम्म क्यासब्याक, Ncell रिचार्जमा १८० जीबीसम्म बोनस डेटा तथा २४ महिनासम्मको EMI सुविधा उपलब्ध गराइनेछ।

यो योजना IME Remit, Khalti, HFL लगायत साझेदारसँगको सहकार्यमा सञ्चालन गरिएको हो।

कम्पनीका अनुसार IME Remit मार्फत रेमिट्यान्स प्राप्त गरी सम्बन्धित स्टोरमा गएर सेवा लिन सकिनेछ। यो अफर IME Remit प्रयोग गर्ने सेवाग्राही र उनीहरूका परिवारका लागि विशेष रूपमा लागू हुने बताइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट