धनगढी । कैलालीको धनगढीमा स्तनपान प्रवर्द्धनसम्बन्धी ऐन’bout अभिमुखिकरण कार्यक्रम भएको छ । स्वास्थ्य कार्यालय कैलालीद्वारा आयोजित कार्यक्रममा स्तनपानको संरक्षण, प्रवर्द्धन र प्रतिस्थापन वस्तुको बिक्री–वितरणमा कडाइ गर्नुपर्नेमा जोड दिइएको थियो ।
‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१’ सम्बन्धी
सुपरमार्केट सञ्चालक, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतका सरोकारवाला निकायसँग अभिमुखिकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा ऐनको मूल उद्देश्य’bout जानकारी दिँदै स्तनपानको संरक्षण, प्रवर्द्धन र प्रोत्साहन गर्नुका साथै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु तथा बाल आहारको बिक्री–वितरणलाई प्रभावकारी रूपमा नियमन गर्ने विषयमा जोड दिइएको थियो । बालबालिकालाई सुरक्षित, स्वच्छ र पर्याप्त पोषण उपलब्ध गराउने लक्ष्यसहित ऐन लागू गरिएको स्वास्थ्य कार्यालय कैलालीकी सिनियर अनमी निरीक्षक रमा गिरी बताइन् ।
युनिसेफका पोषण अधिकृत सजन योगेशले जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गरी ६ महिनासम्म केवल आमाको दूध खुवाउनु अत्यावश्यक रहेको बताए । यसले बाल मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
कार्यक्रममा अधिवक्ता सरस्वती जोशीले ऐनका कानूनी प्रावधान’bout जानकारी दिँदै उत्पादक–वितरकका प्रतिबन्धित गतिविधि, विज्ञापनमा रोक, नमूना वितरण निषेध र स्वास्थ्य संस्थाभित्र हुने प्रवर्द्धन नियन्त्रण’bout स्पष्ट पारिन् । ऐन उल्लंघन गरेमा जरिवाना तथा कैदसम्म सजाय हुने उनले बताइन् ।
कार्यक्रममा ऐन उल्लंघन गरेमा जरिवाना तथा कैदसम्मको सजाय हुने व्यवस्था रहेकोले प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको निरीक्षक गिरीले बताइन् ।
सम्बन्धित समाचार
बेमौसमी वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो
पनौतीमा नगर अस्पताल सञ्चालन
सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
मनहरी गाउँपालिकाद्वारा करदाता सेवा सुरु
पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बस्तीमा डोजर चले प्रतिकार गर्ने सुकुम्बासी संघको चेतावनी
बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान






