काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा रिक्त पाँच सञ्चालक समिति सदस्य पदका लागि सूचना आह्वान गरेको छ ।
मन्त्रालयले १२ वैशाखमा निगममा रिक्त चार जना सञ्चालक समिति सदस्य नियुक्तका लागि गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरेको थियो ।
सो सूचनाअनुसार दरखास्त संकलन गरिरहेकै बेला १९ वैशाखमा जारी सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ बमोजिम बाँकी एक जना सञ्चालक समिति सदस्य पनि स्वतः पदमुक्त भएकाले रिक्त सदस्य संख्या पाँच कायम गरिएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यका अनुसार उक्त रिक्त पदसमेत थप गरी सोही विज्ञापनका आधार कायम रहने गरी नियुक्त गर्नुपर्ने सञ्चालक समिति सदस्यको संख्या पाँच कायम गरिएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)
सम्बन्धित समाचार
काठमाडौंमा ह्विलचियर बास्केटबल प्रतियोगिता सम्पन्न
यूएईविरुद्ध नेपालले गुमायो पहिलो विकेट
पोल पुग्यो , वितरण गरिएन विद्युत
सरकारी कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रभु साहको माग
ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक
ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु
मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
चारदिने नमूना बाल नगरसभा सम्पन्न






