काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीलाई १५/१५ दिनमा तलबभत्ता भुक्तानी गर्न देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।
अर्थमन्त्रीस्तरको गत वैशाख ४ गतेको ‘नीतिगत मार्गदर्शन’ अनुरूप हरेक महिनाको १५ दिन बितेपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्न महालेखाले पत्र पठाएको हो । उपमहालेखा नियन्त्रक कृष्णबहादुर अधिकारीद्वारा हस्ताक्षरित पत्रमा अर्थमन्त्रालयबाट बजेट स्वीकृति प्राप्त भएको र अर्धमासिक भुक्तानीका लागि प्रणालीमा व्यवस्था मिलाइसकिएको उल्लेख छ ।
हरेक १५ दिनमा तलब भुक्तानीको व्यवस्था हाललाई संघीय सरकार अन्तर्गतका राष्ट्रसेवक कर्मचारीका लागि परीक्षणका रूपमा रहेको प्रवक्ता सहमहालेखा नियन्त्रक दीपक लामिछानेले बताए ।
यो नियम हाल संघीय कर्मचारीलाई मात्र परीक्षणको रूपमा रहेको भन्दै प्रदेश र स्थानीय सरकारको हकमा तत् निकायले अघि बढाउन सक्ने उनको भनाइ छ ।
‘शिक्षकलगायतको हकमा बजेट निकासाको सूत्र फरक छ । सम्बन्धित पालिकाहरूले आफ्नो अनुकूलतामा निर्णय लिन सक्ने छन्’, लामिछानेले भने ।

सम्बन्धित समाचार
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा आचार्य नियुक्त
धितोपत्र बोर्ड अध्यक्ष नियुक्त्रिका लागि सिफारिस समिति गठन गर्ने निर्णय
मनहरी गाउँपालिकाद्वारा करदाता सेवा सुरु
आगामी बजेटका लागि कर छुटदेखि डिजिटल पूर्वाधारसम्मका सुझाव
आगामी बजेट निजी क्षेत्रमैत्री र उत्पादनमुखी बनाउन आग्रह
ऊर्जा र सेवा क्षेत्रले उकास्दै अर्थतन्त्र : जीडीपी ६६ खर्ब, आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित
आज पनि घट्यो नेप्से परिसूचक
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले






