इलाम । रेड हर्ष इलाम पाँचथरको दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । पथरी–११ मोरङलाई टाइब्रेकरमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । रेड हर्षका सुगम खजुम, मदन जबेगू, विवेक सुनम र विनोद धमलाले गोल गरे । पथरी–११ का सौरव राउतले मात्रै गोल फर्काउन सके । युकेश तामाङको प्रहार पोस्ट’boutमा लागेर फर्किएको थियो भने धीरेन क्षेत्रीको प्रहार रेड हर्षका गोलरक्षक निसम दनुवारले बचाउ गरे ।
मध्यान्तर अघि निकै दबाबमा राखेको रेड हर्षले मध्यान्तर अघिको अतिरिक्त समयमा सन्देश खण्डकाले गोल गर्दै अग्रता दिलाएका थिए । तर ६२ औँ मिनेटमा पथरीका धीरेन क्षेत्रीलाई डी बक्सभित्र फाउल गरेपछि पाएको पेनाल्टीमा सञ्जय लिम्बुले गोल गर्दै पथरीलाई खेलमा फर्काए । खेलभर रेड हर्षले आक्रामक प्रदर्शन गरेको थियो । १०औँ मिनेटमा विनोद धमलाले पाएको अवसर गोल गर्न चुक्दा त्यसको लगत्तै उनको प्रहार गोलमा परिणत हुन सकेन ।
२२ औँ मिनेटमा सुगम खजुमको प्रहार पोस्ट’boutमा लागेको थियो भने मध्यान्तर अघिको इन्जुरी समयमा सन्देश खण्डकाले गोल गर्दे टिमलाई अग्रता दिलाए । मध्यान्तर पछि पनि रेड हर्षले लगातार दबाब बनाएको थियो । तर गोल गर्न नसक्दा नतिजाका लागि टाब्रेकर पुग्नुप¥यो । पथरी–११ ले पनि केही उत्कृष्ट अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । पाएको अवसरलाई गोल गर्न नसकेपछि सेमिफाइनलबाटै बाहिरिन पुग्यो । खेलको म्यान अफ द म्याच रेड हर्षका विवेक सुनम घोषित भए ।
इलाम गोल्ड कपमा पथरी ११ ले खेलको अन्तिम समयमा गोल बराबरी गरेर टाइब्रेरकरमा रेड हर्ष फुटबल क्लबलाई हराएको थियो । घरेलु मैदानमा पथरी ११ सँग पराजित रेड हर्षले पाँचथरमा भने जीत निकालेको छ । अब रेड हर्ष इलामले उपाधिका लागि तेह्रथुमको म्याङ्लुङ स्पोर्टिङ क्लबसँग आज प्रतिस्पर्धा गर्नेछ ।
म्याङलुङले आयोजक यलम्बर युवा संस्थालाई ३–१ गोलले पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ । प्रतियोगिताको विजेताले ४ लाख २५ हजार ५ सय ५५ तथा उपविजेताले २ लाख १२ हजार ७ सय ७७ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सम्बन्धित समाचार
डिफेन्डिङ च्याम्पियन एनआरटी फाइनलमा
भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य
तेस्रो इलाम गोल्ड कपको उपाधि मच्छिन्द्रलाई
वैशाख १६ देखि राष्ट्रिय रापिड तथा ब्लिट्ज चेस च्याम्पियनसिप
तीन बुद्धिचाल खेलाडी संयुक्त शीर्ष स्थानमा
क्षितिज भण्डारी र कृतिसरा अधिकारी राष्ट्रिय चेस विजेता
आइसिसी विश्वकप लिग २ : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेडलाई






