काठमाडौं । काठमाडौं महानगरपालिका, वातावरण व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको जाँचलाई तीव्रता दिएको छ ।
विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा यहाँ विभिन्न स्थानमा गुड्ने सवारीसाधनको नियमित प्रदूषण जाँच गर्दै आएको हो ।
उपत्यकामा वायुको गुणस्तर सुधार गर्ने उद्देश्यले सडकमा गुडिरहेका सवारीसाधनले तोकिएको मापदण्ड पालना गरेरनगरेको यकीन गर्न यो अभियान सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
प्रदूषण जाँचका क्रममा सरकारले तोकेको मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई प्रहरीले तत्कालै कानुनअनुसार कारबाहीको दायरामा ल्याउने गरेको छ ।मापदण्ड विपरीतका सवारीसाधन चलाउँदा वायु प्रदूषण उल्लेख्य रूपमा बढ्ने भएकाले जरिवानासहित कारबाही प्रक्रिया अघि बढाएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)
सम्बन्धित समाचार
अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती
उद्घाटन खेलमा आयोजक विजयी
नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
हुरीबतासले उडाएका घर मर्मत गर्दै गाउँका युवाहरू
राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवद्र्धन गरिँदै
विकासमा डोजरको विकल्प खोज्दै प्रदेश सरकार
सडक किनारका जोखिमयुक्त रुख हटाउँदै वन कार्यालय






