गुल्मीमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

गुल्मी । गुल्मीमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा मुसिकोट नगरपालिकाको ग्वालिकाचौर खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको सोमबार मुसिकोट नगरप्रमुख जीवन खरेलले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खरेलले राष्ट्रपति रनिङ शिल्ड सफलतापूवर्क सम्पन्न गर्नको लागि पालिका लागिपरेको बताए । मुसिकोटले नगरस्तरिय राष्ट्रपति रनिङ, जिल्लास्तरीय राष्ट्रपति रनिङ र मेयर कपअन्तरगत खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेकोले नगरपालिकाले खेलकुद महामेलाको आयोजना गरेको बताए ।

सोमबारदेखि सुरु भएको प्रतियोगिता बुधबारसम्म चल्ने प्रदेश खेलकुद परिषद्, लुम्बिनीका सदस्य महेश काउछाले जानकारी दिए । प्रतियोगितामा सबै पालिकाले सहभागिता जनाएका छन् । प्रतियोगितामा सय, दुई सय, चार सय, आठ सय, १५ सय र तीन हजार मिटर दौड छात्र– छात्रा, भलिबल छात्र–छात्रा, कबड्डी छात्र–छात्राको आयोजना गरिएको छ । त्यसैगरी छात्र–छात्रा ४×१००, ४×४०० रिले दौड, छात्र–छात्रातर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सर्टफुट, कराँते, तेक्वान्दो (ध्त्) लगायतका खेलकुदहरू आयोजना गरिएको काउछाले जानकारी दिए ।

प्रतियोगितामा जिल्लाभरका एक हजारभन्दा बढी विद्यार्थी सहभागि भएका छन् । जिल्ला सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेलमैदानको मर्मत कार्य चलिरहेकोले प्रतियोगिता मुसिकोटमा आयोजना गरिएको हो । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दोस्रो पटक सदरमुकाम बाहिर आयोजना गरिएको छ । मुसिकोटले लगातार चार बर्ष जितेको छ । स्थानीय होटल व्यवसायी, विद्यालय, क्लव लगायतका संघ संस्थाहरुसँग समन्वय गरी खेलमैदान व्यवस्थापन लगायतका काम गरेको मुसिकोट नगरखेलकुद विकास समिति अध्यक्ष सन्दिप खत्रीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

पर्बतको जलजलामा नि:शुल्क मुटु तथा मृगौला रोग परिक्षण