काठमाडौं । ठाटीकाँध गाउँपालिकाले सामुदायिक विद्यालयहरूको समायोजन तथा तह मिलान गर्ने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ। गाउँ शिक्षा समितिको निर्णयअनुसार शैक्षिक सत्र २०८३ देखि केही आधारभूत विद्यालयहरू नजिकका माध्यामिक विद्यालयमा समायोजन हुने तथा कतिपय विद्यालयमा कक्षा १–५ बाट १–३ मा तह घटाएर सञ्चालन गरिने भएको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको सुचनाअनुसार बालविकास केन्द्रहरू पनि मातृ विद्यालयमा समायोजन गरिनेछन् भने विद्यार्थीहरूको आइएमआइएस विवरण सम्बन्धित विद्यालयमा स्थानान्तरण गर्नुपर्नेछ । समायोजन भएका विद्यालयका शिक्षक तथा कर्मचारीलाई सम्बन्धित विद्यालयमै हाजिर भई कामकाज गर्ने व्यवस्था गरिएको छ ।
गाउँपालिकाले विद्यालय समायोजनलाई शैक्षिक गुणस्तर सुधार, स्रोतको प्रभावकारी उपयोग र व्यवस्थापन सुदृढीकरणका लागि महत्वपूर्ण कदम भएको जनाएको छ।


तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)





