सुदूरपश्चिमका पालिकाहरुले असल कामको प्रचार गर्ने

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका पालिकालाई राम्रा कामको प्रचार गर्न सिकाइएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यालयले राम्रा कामको प्रचार प्रसार गर्न सिकाइएको हो ।

देश संघीय संरचनामा गएपछि बनेका स्थानीय तह पालिकाहरुले ९ वर्षसम्म गरेका राम्रा काम र असल अभ्यासहरुको प्रचारले आगामी वर्षमा मार्गदर्शन गर्नुका साथै कोरिएको खाकामा नयाँ आउने जनप्रतिनिधिहरुलाई काम गर्न सहज हुने भन्दै राम्रा कामको प्रचार प्रसार गर्न सिकाइएको प्रतिष्ठानका कार्यकारी निर्देशक ज्ञानेन्द्र बमले बताए ।

डडेल्धुरामा २ दिने स्थानीय सरकारका असल अभ्यास, सिकाई तथा अनुभव आदान प्रदान अन्तरक्रिया कार्यक्रममा उनले सिकाइ तथा अनुभवलाई आपसमा बाड्दै आउने उत्तराधिकारीहरुलाई सहज हुने बताए । पछिल्ला ९ वर्षमा पालिकाहरुले राम्रो अभ्यास गरिहेका छन् । उनले भने, ‘तर केही भएको छैन भन्ने भाष्य निर्माण भएको छ । आईटीको दुनियाँमा सुचना प्रबिधिको प्रयोग गरी पालिकाहरुले गरेका कामको प्रचार प्रसार गर्न आवश्यक छ । यसले अत्तराधिकारीलाई काम गर्न सहज बनाउँछ ।

विगतका वर्षमा प्रतिष्ठानले गाउँपालिका महासंघ, नगरपालिका संघसँग मिलेर थुप्रै काम गरेको भए पनि यो वर्ष जनप्रतिनिधिहरुको अन्तिम वर्ष भएकाले प्रचार प्रसार गर्न सिकाइरहको उनले जानकारी दिए । अन्तिम वर्षमा गरेका कामको प्रतिफल नदेखिने भएकाले चार वर्षसम्म गरेका कामको प्रचार प्रसार गर्ने वर्षका रुपमा लिनुपर्ने उनको भनाइ छ ।

ठूला अन्तराष्ट्रिय संस्थाहरु वल्र्ड बैंक, युएन, डब्लुएचओले पनि आफ्नो अन्तिम वर्षमा प्रतिवेदन बनाउने, रिपोटिङ गर्ने, पहिले र काम गरिसकेपछिको अवस्थाको भिडियो बनाउने कार्य गर्ने भएकाले पालिकाहरुले पनि चुनावको अन्तिम वर्षलाई यसरी नै लिनुपर्ने उनको भनाई थियो ।

प्रतिष्ठानले पाँच वर्ष अघिको अवस्थासँग तुलाना गर्दा स्थानीय जीवनस्तर, जनप्रतिनिधिहरुको बोलीचाली, सामाजिक, आर्थिक, भौतिक रुपमा भएको प्रगति’boutमा गरेको अध्ययनले ६० प्रतिशत नतिजा सकरात्मक पाइएको उनले जानकारी दिए । पालिकाहरुले पनि आफूले गरेका कामको यसरी अध्ययन गरी प्रचार गर्नुपर्ने उनले बताए ।

गाउँपालिका महासंघ सुदूरपश्चिमका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले जनप्रतिनिधिको पाँचौ वर्ष फिनिसिङको वर्ष भएको भन्दै चौथो वर्ष प्रचार प्रसारको वर्षका रुपमा लिइएको बताए । विगतका ९ वर्षमा गरिएका कामको प्रचार प्रसार गर्न नसकिदा जस पाउन नसकेको भन्दै उनले असल अभ्यासहरु सिस्टममा अपडेड गरिए पनि प्रचार प्रसार गर्न आवश्यक रहेको जिकिर गरे ।

अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामध्ये पाँच वटा नगरपालिका र १७ वटा गाउँपालिका प्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायत प्रतिनिधिहरु उपस्थिति थियो । पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले आफ्नो पालिकाले गरेका असल अभ्यासको प्रस्तुतिकरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

राति १० बजेसम्म मात्रै बल्ने धनगढीका सडक बत्ती