मुगु । मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा हाइलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शनिबार साँझ करिब ४:४५ बजे सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स जिप सडकबाट करिब ६ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।
जिप ललितपुर महानगरपालिका–१५ निवासी ५८ वर्षीय कञ्चन थापाले चलाएका थिए। दुर्घटनामा जिपमा सवार काठमाडौं कलंकी निवासी ५० वर्षीय विजय बस्नेत, काठमाडौं निवासी ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको छ। प्रहरीका अनुसार तीनै जनालाई उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा चालक कञ्चन थापा र ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीया अन्जु थापा घाइते भएका छन्। दुवै जनाको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरीक्षक रविराज थपलियाको कमान्डमा १० जना र ताल्चास्थित प्रहरी सुरक्षा गार्डबाट प्रहरी नायव निरीक्षक डम्बरबहादुर अधिकारीको कमान्डमा ७ जना गरी १७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले घटनास्थलबाट घाइते तथा मृतकहरूको उद्धार गरी अस्पताल पुर्याएको हो।
उक्त जिपमा चालकसहित पाँच जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन। चालकले मादक पदार्थ सेवन गरे/नगरेको लगायत दुर्घटनासम्बन्धी थप विवरण’bout प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धित समाचार
डोल्पा कारागारबाट भागेकाको खोजी तीव्र
पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी शीर्ष स्थानमा, अपराजित यात्रा कायमै
आईजीपीबाट हटाइएका दानबहादुर कार्की भन्छन्ः अब सरकारसँग कानुनी लडाइँ लड्छु
न्यायाधीश पुनर्नियुक्ति गर्न पूर्वन्यायाधीशहरूको माग
इजरायलमा नेतान्याहु सत्ताबाट हट्ने सम्भावना बलियो, इसेनकोटलाई ६७ सांसदको समर्थन
वाणिज्य बैंकहरूमा बढ्दै खराब कर्जाको दबाब, प्रभु बैंकको १४.८० प्रतिशत पुग्यो
राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण
भाइटीकामा करिब २५ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा






