काठमाडौं । प्रेस काउन्सिलले नेपालले नयाँ दर्ता भएका अनलाइनका सम्पादक/प्रकाशकका लागि आचारसहिंता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । अनलाइन सञ्चार माध्यम प्रेस काउन्सिलमा सूचीकरण हुनु नपर्ने भएसँगै मंगलबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यो ६५ औं अभिमुखीकरण कार्यक्रम हो ।
प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालको अध्यक्षता भएको अभिमुखीकरण कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सूचना तथा प्रशारण विभागका महानिर्देशक एवं काउन्सिलका सदस्य सचिव छबिन्द्र पराजुली रहेका थिए । अभिमुखीकरण कार्यक्रममा विशेष स्रोत व्यक्ति (विषय विज्ञ) को रुपमा मिडिया एक्सन नेपालका संस्थापक अध्यक्ष डा. लक्ष्मणदत्त पन्त र काउन्सिलका प्रवक्ता दिपक खनाल थिए ।
डा. पन्तले पत्रकार आचारसंहिता २०७३, (पहिलो संशोधन, २०७६) मा भएका व्यवस्थाहरू’bout र अर्का विषयविज्ञ खनालले पत्रकार आचारसंहिताको अङ्गका रुपमा रहेका ४ वटा निर्देशिकामा पत्रकार तथा सञ्चार माध्यमले गर्नु नहुने कार्यहरुअन्तर्गत रही सहभागीहरुलाई प्रशिक्षित गरेका थिए ।
कार्यक्रममा सूचना तथा प्रसारण विभागमा महानिर्देशक छबिन्द्र पराजुलीले पत्रकार समाजको ऐना एवं पहरेदारको रुपमा रहेकाले पत्रकार आचारसंहिता पालनाले नै प्रेस स्वतन्त्रता रक्षा हुने बताए ।
कार्यक्रममा विषय विज्ञ डा. पन्तले आचारसंहिता भनेको आफूले आफैँलाई अनुशासनमा बाँध्ने सूत्र भएकाले पत्रकारहरूले यसको सधैँ पालना गर्नुपर्नेमा जोड दिए । उनले प्रेस काउन्सिलको मूल काम नै आचासंहिता निर्माण गर्ने र कार्यान्वयन गराउने हो । प्रेस काउन्सिल जस्तो संस्था विश्वका कतिपय देशहरुमा अत्यन्त प्रभावशाली नियामक निकायका रुपमा विभिन्न स्वरुपमा रहेका छन् भन्दै विभिन्न देशमा रहेका प्रेस काउन्सिलको कार्यव्यवस्था र स्वरुप’bout चर्चा गरे ।
२८ वटा मिडियाका सम्पादक र प्रकाशक गरी ३२ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण आचारसंहिता अनुगमन शाखाका प्रमुख उपप्रशासकीय अधिकृत सविता ढकालले गरेकी थिइन् ।
सम्बन्धित समाचार
घूस लिएको अभियोगमा सशस्त्र प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर
बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति खारेजप्रति आपत्ती
तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा
मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्याउन आग्रह
रासायनिक मल आपूर्तिमा २८ अर्ब खर्च
रुबी खानसँग छैटौं ‘उधारो सहमति’
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डद्धारा दैनिक ३ करोड ७५ लाख लिटर पानी वितरण
बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने






