कर्णाली । कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् परिषद् बैठकले छ निर्णय सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतमा बसेको उक्त बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कामकाजमा खटाउने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्त एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।
त्यस्तै, योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक, कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउनेसम्बन्धी विधेयक तर्जुमासम्बन्धी अवधारणापत्रको सैद्धान्तिक स्वीकृति गर्ने, कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकाउन आदेश जारी र कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शाहले बताए ।
सम्बन्धित समाचार
प्रतिनिधिसभा बैठक विपक्षी दलहरूको अवरोध
एकचालीस वटा झोलुङ्गे पुल निर्माण गर्दै कर्णाली
पत्रिका बन्द गर्न सांसद खरेललले दिएको धम्कीप्रति महासंघको आपत्ति
कर्णालीका सबै नागरिकले बिमाको सेवा पाउनुपर्छ : मुख्यमन्त्री कँडेल
देउवा समूहको सम्पर्क कार्यालयमा युवाहरुको जमघट
मधेस प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त
ठाटीकाँध गाउँपालिकामा विद्यालय समायोजन लागू
तीन सय ३८ स्थानीय तहबाट भू–उपयोग वर्गीकरण सम्पन्न






