काठमाडौं । चीनलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा विजयी सुरुवात गरेको छ। बिहीबार भएको आफ्नो पहिलो खेलमा नेपालले चीनविरुद्ध १९ रनको जित दर्ता गरेको हो। पहिलो जित दर्ता गरेसँगै नेपाल समूह ‘बी’को शीर्ष स्थानमा उक्लेको छ।
एक खेलमा जित र एक खेलमा हार भोगेको तीन २ अंकमा तालिकाको दोस्रो स्थानमा छ। एक खेलमा हार भोगेको इन्डोनेसिया तालिकाको पुछारमा छ। समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
समूह ‘ए’मा लगातार दोस्रो जित निकाल्दै थाइल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। अंकविहीन घरेलु टोली मलेसिया र हङकङ दोस्रो र तेस्रो स्थानमा छन्। समूह ‘बी’मा यी दुई टोली भिड्न बाँकी छन्। यो खेलको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछ।
नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १०६ रन मात्र बनाउन सक्यो। चीनलाई कम स्कोरमा रोक्न रिया शर्माले दुई विकेट लिइन्। मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान एक विकेट आफ्नो नाममा गरे।
चीनका लागि कप्तान मिङयुए झुले सर्वाधिक ३० रन बनाइन्। वाङ हुइङले २१, वेइ हाइटिङले १८ र जियापिङ लीले १५ रन थपिन्। त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित वायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १२५ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि उपकप्तान पूजा महतोले सर्वाधिक ६३ रनको योगदान दिइन्। उनले ५७ बलमा ६ चौका सहयोगमा ६३ रन बनाउँदा रन आउट हुन पुगिन्। रुवि पोडार २२ र रुविना क्षेत्री चार रनमा अविजित रहे। सोनी पाख्रिनले १८ रन थपिन्।
चीनका लागि मा रुइकेले दुई विकेट लिइन्। वाङ हुइङ र जियापिङ लीले समान एक विकेट आफ्नो नाममा गरे।
सम्बन्धित समाचार
केयुको जिम्मेवारी प्राध्यापक वाग्लेलाई
जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो
घूस लिएको अभियोगमा मुद्दा दायर
मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
सभामुखले विपक्षीलाई पेलेरै संसद बैठक अघि बढाए
टि-२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ






