मुम्बई । बलिउड अभिनेत्री पूजा भट्टले आफ्ना बुबा महेश भट्ट युवतीको प्रसँगमाा निकै अघि रहँदै आएको बताएकी छिन् । चलचित्र क्षेत्रमा यौन सम्बन्धका प्रसंगमा बारम्बार विवादमा आउने महेश भट्टले आफ्ना रोमान्सका ’boutमा परिवारलाई समेत स्पष्ट रूपमा जानकारी गराउँदै आएको अभिनेत्री पूजाको कथन छ । सोही कारण उनी आफ्नो बुबालाई खुला किताबको रूपमा व्याख्या गर्छिन् । बुबाले कान्छी आमा नल्याउन भनेर आफूहरुले त्यति बेला धेरै सम्झाएको तर बुबा नमानेको पनि उनले खुलाएकी छिन् ।
बुबा महेशले अभिनेत्री सोनी राजदानसँगको प्रेम सम्बन्धमा जोडिएपछि उनीसँग शारीरिक सम्बन्धमा रहेको ’boutमा आफूलाई खुलेर बताएको यी अभिनेत्रीको कथन छ । बुबा र सोनीबिच प्रेम सम्बन्ध रहेको कुरा चर्चा चल्दै गर्दा महेश भट्टले छोरी पूजालाई यो ’boutमा खुलेर बताएका थिए । त्यति बेला परिवारका अरू सदस्यलाई भने बुबाले नबताएको पनि उनले जनाएकी छिन् ।
आफ्नी आमा किरण भट्टसँग पनि त्यत्तिकै प्रेम गर्ने बुबा महेश भट्टले आफू सोनीको प्रेममा परेको र केही समयदेखि सम्बन्धमा समेत रहेको बताएपछि पूजा सुरुमा छक्क परिन् । त्यति बेला उनले बुबालाई यस्तो नगर्न पनि सुझाव दिइन् ।
तर बुबा नमानेपछि आफूले सो सम्बन्ध’bout आमालाई भन्न बाध्य भएको पनि पूजाले खुलाएकी छिन् । पूजाको भनाइमा महेश भट्ट त्यति बेला अभिनेत्री सोनी प्रति यति समर्पित भए कि, घर छाडेर उनी सोनीसँग बाहिर बस्न थाले । आमा र आफूले सम्झाउँदा समेत नमानेपछि बुबालाई त्यति बेला आफ्नो खुसी गर्नु भनेर छाडिदिएको पूजाको कथन छ ।
यसरी आफू र घरमा माया गर्ने आमा किरण हुँदा हुँदै बुबा महेश भट्टले आफूहरुलाई धोका दिएर सोनीलाई विवाह गरेको पनि यी अभिनेत्रीले बताएकी छिन् । यसरी बुबाले सोनीसँग विवाह गरेपछि आफू र आमासँग टाढा हुँदै गएको पनि पूजाले खुलाएकी छिन् । सोनीसँग विवाहपछि महेशले सोनीबाट दुई सन्तान आलिया भट्ट र शाहीन भट्ट जन्माए । किरणतर्फ उनको दुई सन्तान पूजा भट्ट र राहुल भट्ट सुरुमै थिए । यसरी महेश भट्टले दुई विवाह गरेर ४ सन्तान जन्माए ।
दुई घरमा दुई फरक श्रीमती किरण र सोनी हुँदा हुँदै आफ्नो बुबाको नाम चलचित्र क्षेत्रका थुप्रै महिला कलाकार एवम् अभिनेत्रीसँग जोडिएको पनि पूजाले खुलासा गरिन् । बुबाको रोमान्स र प्रेम सम्बन्धका ’boutमा मिडियामा आउने गसिफहरु पछि पूजालाई सामान्य लाग्दै गयो । बरु लामो समयसम्म उनको गसिफ नआउँदा भने किन आएन भनेर उनलाई चासो लाग्ने गथ्र्यो । उमेर ७० पुग्दा पनि बुबाको नाम महिला कलाकारसँग जोडिएर अखबारमा गसिफ आउँदा आफूले अचम्म नलागेको र त्यसलाई आफूहरूले स्वाभाविक रूपमा लिने गरेको पनि अभिनेत्री पूजा भट्टले बताएकी छिन् ।-एजेन्सी
सम्बन्धित समाचार
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
पर्दामा सफल अभिनेत्री सधैँ प्रेम र विवाहमा असफल
प्राविधिकको पारिश्रमिक नबुझाउने निर्मातालाई कालोसूचीमा राखिँदै
फस्ट लुक्समा ‘कमला मिस’
सेन्सर बोर्ड बन्यो ‘केन्द्रीय चलचित्र जाँच समिति’
‘मेरो डान्स युनिभर्स २’की विजेता रिस्ता गुरुङ अब चलचित्रमा
चलचित्रकै कारण भारतको राष्ट्रिय सुरक्षामा खतरा, सुरक्षा’bout अदालतमा मुद्दा
सुवर्णको स्वर र संगीतमा माया बनेर… रिलिज






