मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकले ज्यान गुमाएका छन् । लेक लागेर मृत्यु हुनेमध्ये ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक छन् ।
आर्थिक वर्ष २०७८/७९ देखि आव २०८२/८३ को जेठ १५ गतेसम्म लेक लागेर १६ नेपाली र ४२ विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ ।
प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षको सुरुआती वर्ष मुस्ताङमा लेक लागेर आव २०७८/७९ मा छ जना, आव २०७९/८० मा १२ जना, आव २०८०/८१ मा १४ जना, आव २०८१/८२ मा १३ जना र चालु आव २०८२/८३ को जेठ १५ सम्म १३ जना गरी ५८ जना पर्यटकले ज्यान गुमाएका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । उकालो उक्लँदै गर्दा अक्सिजनको मात्रा कम भई लेक लाग्ने समस्या हुन्छ ।
तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)
सम्बन्धित समाचार
१०० एसईई उत्तीर्ण विद्यार्थीलाई एनसेल फाउन्डेसनको छात्रवृत्ति घोषणा
मधेस प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त
रानीसैन संरक्षणका लागि संघीय सरकारलाई मेयर हमालको आग्रह
लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डद्धारा दैनिक ३ करोड ७५ लाख लिटर पानी वितरण
निर्माण व्यवसायीका समस्या समाधान गर्न समितिको निर्देशन
नेपाल–चीन सीमा बैठकः सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
निकुञ्जका वन्यजन्तुलाई नहरको पानी






