पनौतीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

काभ्रे । जिल्लाको पनौती नगरपालिकामा नगरपालिका स्तरीय १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज (बुधवार) शुरु भएको छ । नगरपालिका स्तरीय १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घघाटन गर्दै नगर प्रमुख भिम न्यौपानेले खेलकुदले विद्यालय–विद्यालय बीच भातृत्व विस्तार हुने विश्वास व्यक्त गरेका छन ।


बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताउँदै उनले भने, खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा मात्रै नभई विद्यालय विद्यालय बीचको भातृत्व समेत विस्तार हुने भएकाले बालबालिकाहरुको स्वास्थ्यसँग समेत जोडिएको यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताए ।


शुक्रबार समापन हुने प्रतियोगितामा भलिबल र कबडीलगायतका खेलहरु समावेश गरेको छ । १ सय, २ सय, ४ सय, ८ सय, १ हजार ५ सय र ३ हजार मिटर दौड प्रतियोगिता आयोजना गरिएको छ भने, ज्यावलिङ्ग थ्रो अन्र्तगत हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प लगायतका विधाहरु समावेश गरिएको शिक्षा तथा खेलकुद शाखाका प्रमुख मधुसुदन अधिकारीले जानकारी दिए ।


त्यस्तै, भलिबल तर्फ छात्र र छात्रा समुह विभाजन गरिएको छ । छात्र तर्फ ९ टिमले सहभागिता जनाउने छन भने छात्रा तर्फ ८ टिमले सहभागिता जनाएका छन । कबडी खेलमा पनि ८ समुह छात्रछात्रा सहभागि भएका छन । झण्डै ३ सय विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका छन । यो वर्ष १२ नीजि विद्यालयका विद्यार्थीहरु सहभागि रहेको शिक्षा शाखाकी पुष्पा अर्यालले जानकारी दिईन ।


उप–प्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागार्इँ, वडा अध्यक्ष रामचन्द्र नास्नानी लगायतले प्रतियोगिताका ’boutमा मन्तब्य रखेका थिए । प्रतियोगितामा नीजि र सामुदायिक गरी २२ विद्यालयका विद्यार्थीहरु सहभागि छन ।

तपाइको प्रतिक्रिया
(Visited 534 times, 1 visits today)

epaper

ताजा समाचार

कास्कीको किम्रोङ खोला थुनियो, विशेष सतर्कता अपनाउन आग्रह