दैलेखमा थप ११३ जना कोरोना संक्रमण, संक्रमित संख्या २१८ पुग्यो

दैलेख । बिहिबार नयाँ कोरोना संक्रमित ११३ जना थपिएर दैलेखमा पोजेटिभको संख्या २१८ पुगेको छ । जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिकामा १०८ जना, नौमुले गाउँपालिका ५ जना गरी एकैदिन दैलेखमा ११३ जनामा कोभिड १९ पुष्टि भएको हो । यसअघि दैलेखमा १०५ जना संक्रमितको पुष्टि भइसकेको थियो ।

कोरोना पुष्टि हुनेमा नारायण नगरपालिका –१ का २२ बर्षीय पुरुष, वडानं –२ मा २० पुरुष १ महिला, वडानं –३ मा १४ पुरुष १ महिला, वडानं –४ को देवलकाँडामा १२ जना पुरुष, मानटाकुरामा ७ जना पुरुष, सोतमा ९ जना पुरुष, वडानं –५ मा ६ जना पुरुष, वडानं –६ मा १४ जना पुरुष, वडानं –१० मा २ जना पुरुष, सोही वडाको भवानीमा ५ जना पुरुष,वडानं –९ साडु २ जना बास्कोट १ जना वडानं –११ मा १० जना पुरुष गरि नारायण नगरपालिकामा १०८ जना रहेका छन् भने नौमुले गाउँपालिका वडानं –१ मा २ जना वडानं –२ को ३ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनाराण तिवारीले जानकारी दिए ।

यसअघि दैलेख जिल्लामा १०५ जना संक्रमित पुष्टि भइसकेको थियो । जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकामा १९४ जना कोरोना पोजेटिभ पुष्टि भएको छ । जसमा नयाँ थपिनेमा १०८ जना छन् भने बुधबारसम्म संक्रमितको संख्या ८६ रहेको थियो । त्यसैगरी नौमुले गाउँपालिका कोरोना पोजेटिभको संख्या ७ पुगेको छ । यसअघि २ जना संक्रमित रहेका मध्ये ५ जना नयाँ थपिएका हुन् ।

दैलेखका आठविस नगरपालिका १ जना, चामुण्डाविन्द्रासैनी नगरपालिकामा १ जना, दुल्लु नगरपालिका ९ जना, नौमुले गाउँपालिकामा २ जना, महाबु गाउपालिकामा १ जना, डुङ्गेश्वर गाउँपालिकामा ३ जना, गुराँस गाउँपालिकामा १ जना र नारायण नगरपालिकामा ८६ जनामा पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए । रोजगारीका लागि भारत गएका नागरिक दैलेख फर्किन थालेपछि दैलेखमा कोरोना संक्रमित संख्या ह्वातै बढेको हो । कोरोना ‘पोजेटिभ’ देखिएका सबै भारतबाट आएका हुन् ।

कोरोना संक्रमित भएका २५ जनालाई सरस्वती मावि दैलेख सदरमुकाम, ५४ जनालाई नारायण क्याम्पस दैलेख, चामुण्डाविन्द्रासैनीको हेल्थ पोष्टमा १,नौमुलेका २ जनाको नौमुले विद्यालयमा बनाएको आइसोलेशनमा ,दुल्लूनगरपालिका ८ जना छिउडीपुसाकोट हेल्थपोष्टमा, २ जनालाई प्रदेश अस्पताल सुर्खेतमा १३ जना बुद्धाआश्रमको आइसोलेसनमा राखेर उपचार स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकामा सबै भन्दा बढी कोरोना ‘पोजेटिभ’ भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ माघसम्म सेवा संकुचन गर्ने सर्वाेच्च फुलकोर्टको निर्णय

कुरी-कुरी