विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण अहिले विश्व अर्थतन्त्र थला परेको छ । कोरोनाको संक्रमणकै कारण विश्वका विकसित राष्ट्रमा बेरोजगारीको संख्या दिनानु दिन बढ्दै गइरहेको छ ।
द न्युवर्क टाइसका अनुसार अमेरिकामा मात्र कोरोना संक्रमणका कारणले बेरोजगार हुनेको संख्या ४ करोड बढी छ । भारतीय समाचार एजेन्सीका अनुसार कोरोनाका कारण गरिएको लकडाउनले करिब ४० करोडको बेरोजार हुने अनुमान गरेको छ । कोरोनाको संक्रमणका कारण अहिले अधिकांश उद्योग कलकारखाना, होटेल व्यवसाय बन्द भएपछि बेरोजगारीको संख्या दैनिक बढ्दै गएको छ । भारतमा रोजगारीका लागि गएका नेपाली अहिले दैनिक हजारौं संख्यामा स्वदेश फर्किरहेका छन् ।
भारतलगायत अन्य विभिन्न मुलुकमा रोजगारीको सिलसिलामा गएका नेपाली पनि स्वदेश फर्किने क्रम बढेको छ । लकडाउन खुलेपछि धेरै जस्तो युवायुवती स्वदेश फर्किने सम्भावना रहेको सरोकारवाला संघसंस्थाले बताउँदै आएका छन् । विभिन्न संघसंस्था, सरकार निकाय र उद्योग व्यवसायीका अनुसार कोरोना भाइरस संक्रमणका कारणले करिब ५० लाख बढीले रोजगारीमा गएका नेपाली फर्किन सक्ने अनुमान गरेका छन् । स्वदेश तथा विदेशबाट फर्केका गरी नेपालमा करिब ७० लाख बेरोजगार हुने अनुमान गरिएको छ ।
कोरोनाका कारण बेरोजगारीको संख्या बढेसँगै विभिन्न खाडी मुलुकमा रोजगारीमा गएका युवायुवती स्वदेश फर्किनु नेपालका लागि कृषिमा आत्मनिर्भर बन्ने एउटा अवसर भएको विभिन्न विज्ञ बताउँछन् । नेपाल कृषिप्रधान मुलुक भएकाले कृषियोग्य जमिनलाई बाँझो हुन नदिइने गरी बेरोजगार स्वदेश तथा विदेशबाट फर्केर आएका युवायुवतीलाई कृषि खेतीमा आकर्षित गरेर कृषिमा उत्पादन बढाउने अवसर भएको विज्ञको भनाइ छ ।
विदेशबाट आएका सबै युवालाई कृषि खेती आकर्षित गर्न सके कृषिमा आत्मनिर्भर हुने नेपाललाई ठूलो अवसर भएको कृषि विज्ञ भोला मानसिंह बस्नेतले बताउँछन् । कृषि विज्ञ बस्नेत भन्छन, ‘कोरोनाका संक्रमण फैलिन थालेपछि काठमाडौंमा कोठा भाडामा बस्दै आएका मानिस आआप्mनो घर फर्केर खेती गर्न थालिसकेका छन् । ‘संघीय, प्रदेश र स्थानीय तहले राम्रो समन्वय गरेर कोरोनाकै बीच पनि कृषि क्षेत्रको उत्पादन बढाउनतर्फ लागेका छन् । संघ, प्रदेश र स्थानीय तहसँग राम्रो समन्वय नहुँदा कृषकले उत्पादन गरेको कृषिजन्य वस्तु यतिकै खेर गएका छन् । उत्पादित वस्तु उपभोक्ताको घरघरमा पु¥याउन कृषकलाई सहज छैन ।
यस्तो विभिन्न समस्यालाई सरकारले सहजीकरण गरेर कृषकलाई प्रोत्साहित गर्नुपर्छ । सरकारले थोरै मात्र ध्यान पु¥याउने हो भने लकडाउनमै पनि सुरक्षित तरिकारले कृषि खेती गरेर उत्पादन बढाउन सकिन्छ । यसका लागि सरकारले कृषकलाई समयमा गुणस्तर बीउ, मल र पर्याप्त सिँचाइ व्यवस्था गर्नुपर्छ । गुणस्तर बीउ, मल र सिँचाइसँग पढेर कृषि बालीमा अभ्यास गरेको कृषि विज्ञको सल्लाहअनुसार कृषि खेती गर्नुपर्ने उनको भनाइ छ ।
कृषि विज्ञ बस्नेतका अनुसार किसानले कृषि विज्ञबिना खेती गर्दा कति हेक्टर जमिनमा कति मल हाल्ने र बीउ कसरी छर्ने र बालीमा कीरा लाग्दा कति विषादी राख्नेसमेत ज्ञान हँुदैन । यतिकै अनुमानका भर राख्नेछन् । यसरी खेती गर्दा माटोको उर्वरा शक्ति घट्नुका साथै उत्पादन पनि घट्दै जान्छ । त्यसकारण कृषिमा आत्मनिर्भर हुन विज्ञको सल्लाहअनुसार व्यावहारिक एकीकृत कृषि नीति ल्याउनुपर्छ । उत्पादन बढाउन बीउ र माटो र मलको सन्तुलन मिलेको हुनुपर्ने उनको भनाइ छ ।
विदेशबाट फर्केर आएका र स्वदेशमा रहेका युवायुवतीलाई सहुलियत ब्याजमा कृषि कर्जाको व्यवस्था गरेर धेरै भन्दा धेरैलाई कृषिमा आकर्षित गर्न सके कृषिमा आत्मनिर्भर हुन सक्ने राम्रो अवसर भएको पूर्वकृषि सचिव उत्तमकुमार भट्टराई बताउँछन् । पूर्वसचिव भट्टराई भन्छन्, ‘भूमि बैंकलाई कार्यान्वयन ल्याएर कुनै पनि खेतीयोग्य जमिनलाई बाँझो हुन नदिई कृषि क्रान्ति गर्नुपर्छ । लकडाउनकै बीच जनतालाई घरभित्र नथुनेर कृषि खेतीमा लगाउनुपर्छ ।
कोरोनबाट बच्ने लकडाउन मात्र एउटा विकल्प होइन । लकडाउनले मात्र लम्ब्याउने हो भने भोलि भोकभरी आउने सम्भावना छ । विश्व नै कोरोना भाइरस महामारीका रूपमा फैलिकाले आयात गर्दै आएको खाद्यवस्तु पनि बन्द हुन सक्छन् । त्यसकारण नेपालमा पर्याप्त कृषियोग्य जमिन भएकाले कुनै पनि जमिन बाँझो नहुने गरी खेतीमा गर्नुपर्छ । सरकारले स्थानीय तहसँग सहकार्य गरेर कोरोनाकै बीचमा सुरक्षित तरिकाले कृषि गरेर उत्पादन बढाउन सकिने उनको भनाइ छ ।
‘कृषि क्रान्ति गर्न कृषि क्षेत्रमा आगामी आर्थिक वर्षको बजेट धेरै कम विनियोजन भएको छ । कृषिमा आत्मनिर्भर हुन ४१ अर्बले बजेटले पुग्दैन,’ भट्टराईले भने, ‘कृषि क्रान्ति ल्याउन १ खर्बसम्मको बजेट आवश्यक पर्छ ।’ कृषिमा उत्पादन आत्मनिर्भर हुन सरकारले कृषकलाई पप्र्यात मात्रमा गुणस्तरीय बीउ र अनुदानको मल गाउँगाउँमा पु¥याउनुपर्छ । कृषकलाई पप्र्यात मात्रमा मल वितरण गर्न ५ लाख मेट्रिक टनभन्दा बढी आवश्यक पर्छ तर आमागी आर्थिक वर्षका लागि मललाई विनियोजन गरेको बजेटले २ लाख मेट्रिक टनभन्दा धेरै आउँदैन ।
कृषिमा आत्मनिर्भरका लागि सरकारले कृषकलाई पप्र्यात मल, बीउ, सिँचाइ, कृषिजन्य औजार, बालीमा किरा लाग्न नदिने विषादी र कृषि प्राविधिक व्यवस्था गर्नुपर्छ । लकडाउनले कृषि क्षेत्रमा कुनै असर पार्दैन । उनले भने, ‘कृषकले उत्पादन गरेको कृषिजन्य वस्तु किसानले बिक्री गर्न नसकेको कृषिजन्य वस्तु सरकारले नै सहकारीमार्फत कृषकको खेतबारी आएर किन्नुपर्छ । किसानले नै उत्पादन गर्ने र किसानले नै बजार खोज्न हिँड्नुपर्ने अवस्था नै रहने हो भने कृषि क्षेत्रको विकास हुन सक्दैन । कृषिमा आत्मनिर्भर हुन सरकारले कृषकको लगानीको सुनिश्चित गर्नुपर्छ ।
कृषिमा चुनौतीसँगै कृषिमा आत्मनिर्भर हुन राम्रो अवसर भएको राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले बताए । आगामी आर्थिक वर्षको बजेटमा अहिलेको समय परिस्थितिअनुसार कृषि बजेटमा कार्यक्रम नआउँदा कृषक निराश भएको उनको भनाइ छ । कृषि बजेटमा जुन कार्यक्रम यस अघिका भन्दा केही फरक कार्यक्रम आए पनि सबै साना कृषकलाई समेट्ने गरी नआएको उनको गुनासो छ ।
बाँझो जमिन नहुने गरी सरकारले कृषकलाई राहत प्याकेज कार्यक्रम ल्याउनुपर्ने बस्नेतको भनाइ छ । कृषकले उत्साहित हुने बजेटमा राहतका प्याकेज सरकारले ल्याउँछ भनेर आशा गरेका थिए तर कृषक उत्साहित हुने कुनै पनि राहत प्याकेज नआएको उनले बताए । तर, सरकारले नयाँ ल्याउनका कृषि कार्यक्रमलाई राम्रोसँग कार्यान्वयन गरेर प्रभावकारी बनाउने हो भने कृषिमा आत्मनिर्भर हुने सम्भावना धेरै रहेको बस्नेतको भनाइ छ ।