काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले नेपाल–भारत सीमा विवाद ’boutमा दिएको अभिव्यक्तिका कारण विपक्षी दलहरूले अवरुद्ध गर्दै आएको संसद् बैठक बुधवारबाट हटेको छ ।
१७ दिनपछि खुल्यो संसद्को गतिरोध
संसद् बैठकअघि बुधवार नै विपक्षी दलहरूको बैठक बसेर प्रधानमन्त्रीको अभिव्यक्ति’bout प्रस्टीकरण दिन परराष्ट्रमन्त्री खनाललाई बोल्न दिने सहमति भएको थियो । सहमतिअनुसार बालेको परराष्ट्रमन्त्रीका प्रष्टीकरणमा विपक्षी दलहरूले भने असहमति जनाएका छन् ।
असहमतिका बिच जिम्मेवार प्रतिपक्ष भएको दाबी गर्दै उनीहरूले संसद् भने चल्न दिने निर्णय गरे । परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीले नेपालले भारतको सिमाना मिचेको बताएको नभई नेपाल भारतबीच क्रस बोर्डर अकुपेशन भएको विषय राखेको उल्लेख गरे । तर यसमा विपक्षी दलहरू सन्तुष्ट हुन सकेनन् ।
बैठकमा श्रम संस्कृति पार्टीबाहेकका विपक्षी दलका नेताले रोष्ट्रम प्रयोग गरेर प्रधानमन्त्रीको अभिव्यक्तिको चर्को आलोचना गरे । श्रम संस्कृति पार्टीले रोष्ट्रम प्रयोग गर्न नपाएपछि संसद्मै नाराबाजी गरेपछि सभामुखले सो दलका अध्यक्षसमेत रहेका सांसद हर्कराज राईलाई रोष्ट्रम प्रयोग गरेर बोल्न दिए । उनले प्रधानमन्त्रीका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान कायम राख्दै जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरेर संसद् संचालन गर्न भने सहयोग गर्ने बताए । विपक्षीहरू तयार भएपछि संसद्मा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ ।
संसद्मा विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्याल, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपक्षी नेताहरूसँग सहमतिको प्रयास थालेका थिए । शीर्ष नेताहरूबीच प्रधानमन्त्रीको विवादित कूटनीतिक अभिव्यक्ति’bout सरकारका तर्फबाट परराष्ट्रमन्त्री खनालले संसद्मा स्पष्ट पार्ने र प्रधानमन्त्रीको उक्त भनाइ संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन सभामुख समक्ष आग्रह गर्ने सहमति भएको थियो ।
सहमति जुटाउन समय लागेका कारण सूचना टाँस गरी दुई पटकसम्म बैठक सारिएको थियो । बैठक बुधवार ३ः१५ बजे सुरु भएको थियो । मुख्य विपक्षी दलहरू संसद् सञ्चालन गर्न सहमत भए पनि श्रम संस्कृति पार्टीका सांसदहरूले भने उठेर विरोध जारी राखेका थिए ।
रास्वपाले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त शब्दहरू संसद्को रेकर्डबाट हटाउन माग गरेको छ ।
बैठकमा बोल्दै रास्वपा सांसद समीक्षा बास्कोटाले आङ्देम्बेले प्रयोग गरेका ‘संसद्को चीरहरण’ र ‘मुर्दा शान्ति’ जस्ता शब्द आपत्तिजनक रहेको बताइन् । उनले यस्ता अभिव्यक्तिले संसद्को गरिमा र मर्यादामाथि प्रश्न उठाउने तर्क गरिन् ।
बैठकमा बोल्न समय नपाएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका छन् । पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सभामुख अर्यालमाथि भेदभाव गरेको आरोप लगाउँदै आपत्ति जनाएका हुन् ।
बैठकका क्रममा श्रम संस्कृति पार्टीका सांसदहरूले सुरुवातमा आफ्नै स्थानबाट उठेर विरोध जनाएका थिए। त्यसपछि उनीहरूले सभामुखसँग बोल्न समय मागेका थिए । साम्पाङले सबै राजनीतिक दलका सांसदहरूलाई बोल्न समय दिइएको अवस्थामा आफ्नो पार्टीलाई किन अवसर नदिइएको भन्दै सभामुखसँग प्रश्न गरेका थिए । उनले संसद्मा सबै दललाई समान व्यवहार हुनुपर्ने धारणा राखेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने तथा बलात्कारसम्मको धम्की आएको विषय संसद्मा उठाएपछि गृहमन्त्री सुधन गुरुङले आवश्यक अनुसन्धान र कानुनी कारबाहीको आश्वासन दिएका छन् ।
सम्बन्धित समाचार
संसद् सञ्चालनको ‘डीपी मोडल’: कानुन मिचिन्छ, चलन मानिन्न
पाँच दिने भ्रमणको लागि दिल्ली उडे लामिछाने
राष्ट्रिय सभामा प्रधानमन्त्रीको भनाइलाई लिएर विरोध
वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
रवि–मोदी भेट आज
सर्वदलीय बैठकमा जुटेन सहमति
स्वतन्त्र सांसद पुन फेरि मन्त्री बन्दै
प्रतिनिधिसभा बैठक सञ्चालनमा ढिलाइ






