रवि–मोदी भेट आज

काठमाडौं । पाँच दिने औपचारिक भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज भेट गर्दैछन् । प्रधानमन्त्री मोदीसँगको भेटवार्तापछि सभापति लामिछाने अयोध्या पुगेर राममन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ ।

लामिछानेको भ्रमण टोलीमा पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य, पार्टी विदेश विभाग प्रमुख एवं सांसद दीपक बोहोरा, स्वकीय सचिव अविनाश आचार्य (प्रदीप) लगायतका रहेका छन् । पाँच दिने भ्रमण सकेर लामिछाने २२ जेठमा नेपाल फर्किनेछन् ।

सभापति लामिछानेले हिजो मंगलबार भारतीय गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता गरेका थिए । भारतका विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जल एक्समा रास्वपा सभापति लामिछानेसँग भेट’bout जानकारी गराउँदै तस्बिर सार्वजनिक गरेका छन् । भेटमा नेपाल–भारतको विकास साझेदारी र नागरिक–नागरिक सम्बन्ध, विकास र समृद्धिलाई प्रवद्र्धनलगायत विषयमा छलफल भएको विदेशमन्त्री जयशंकरले जानकारी गराएका छन् ।

सोमबार नयाँ दिल्ली पुगेपछि रास्वपा सभापति लामिछानेले मंगलबारदेखि नै उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । मंगलबार नै लामिछानेले विजेपी अध्यक्ष नितिन नवीन, महासचिव अरुणसिंह, विजेपी विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले, सांसदद्धय सञ्जय जयसवाल, बाँसुरी स्वराजलगायतका शीर्ष नेताहरुसँग नयाँ दिल्लीस्थित विजेपी मुख्यालयमा भेटवार्ता गरेका छन्

विजेपी मुख्यालयमा अध्यक्ष नवीनलगायतका नेताहरुसँग भएको भेटवार्तामा लामिछानेसँग राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिका र सम्भावना’bout छलफल भएको छ । उनीहरूबीच भएको भेटवार्तामा विशेषगरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदान–प्रदान भएको विजेपीले जनाएको छ ।

लामिछाने नेतृत्वको भ्रमण टोलीलाई नयाँ दिल्लीमा भव्यस्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित नेपाल–भारतबीचको घनिष्ठ एवं ऐतिहासिक सम्बन्ध’bout प्रकाश पारेका थिए ।

उनले यस्ता अन्तक्र्रियाले लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउनुका साथै विजेपी र रास्वपाबीचको पार्टीगत सम्बन्धलाई अझ गहिरो बनाउन सहयोग पुग्ने विजेपी विदेश विभाग प्रमुख चौथाइवाले जारी गरेको प्रेस विज्ञप्तीमा जनाएका छन् ।

अध्यक्ष नवीनले भाजपा पार्टीको यात्रा, विचारधारा, संगठनात्मक संरचना तथा जनमुखी राजनीतिक सहभागितासम्बन्धी दृष्टिकोण’bout लामिछाने नेतृत्वको भ्रमण टोलीलाई जानकारी गराएका छन् ।

भेटवार्ताका क्रममा रास्वपा प्रतिनिधिमण्डलले भाजपा सदस्यता प्रक्रिया, उम्मेदवार छनोट प्रणाली तथा तल्लो तहका कार्यकर्ताको पहिचान र उनीहरूसँग सम्पर्क विस्तार गर्ने संयन्त्र’bout विशेष चासो व्यक्त गरेको थियो । यसका साथै अध्यक्ष नवीनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अवलम्बन गरिएको विकासमुखी सुशासन मोडेल’bout पनि चर्चा गर्दै विकास, सेवा, सुशासन तथा कल्याणकारी सेवा प्रवाह भाजपा सरकारको शासन प्रणाली र जनसम्पर्क रणनीतिको केन्द्रमा रहेको उल्लेख गरेका थिए ।

भ्रमण टोलीले भाजपा मुख्यालयस्थित मिडिया सेन्टर तथा केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो । भेटवार्तापछि आयोजित दिवाभोज कार्यक्रममा दिल्लीका मुख्यमन्त्री रेखा गुप्तालगायत नेताहरूको सहभागिता रहेको थियो ।

तेस्रो पक्षको सहभागिता स्वीकार्य छैन्–भारत
प्रधानमन्त्री वालेन शाह (वालेन्द्र)ले नेपाल–भारत सीमा समस्या’bout व्यक्त गरेको अभिव्यक्तिमा मंगलबार भारतले जवाफ फर्काएको छ । प्रधानमन्त्री शाहकै शब्दमा ‘इंग्ल्यान्डसँग पनि कुरा गर्ने’ बताएको ’bout भारतले तेस्रो पक्षको सहभागिता अस्वीकार गरेको छ ।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिमा जवाफ फर्काउँदै भारतले द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका स्वीकार्य नभएको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । पत्रकारहरूले नेपालका प्रधानमन्त्रीले सीमा’bout चीन र बेलायतसँग कुरा गरिरहेको बताएको विषयमा भारतको प्रतिक्रिया मागेका थिए ।

जवाफमा प्रवक्ता जैसवालले भने, ‘भारत–नेपाल सीमाको सम्बन्धमा नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको जुन अभिव्यक्ति आएको छ, त्यसलाई हामीले सुनेका छौँ । भारत–नेपाल सीमाको लगभग ९८ प्रतिशत निर्धारित भइसकेको छ । केही हिस्सामा समस्या छ, गण्डक नदीको बहावमा परिवर्तन भएको कारण यो स्थिति उत्पन्न भएको छ ।’

‘यसका अलावा सीमाको निर्धारित हिस्सामा सीमापार कब्जा र नो म्यान्स ल्यान्डमा अतिक्रमणका मामिला पनि छन् । जसको संयुक्त रूपले सीमांकन गरिँदै छ । सीमासम्बन्धी सबै मामिला समाधान गर्न दुईपक्षीय संयन्त्र स्थापित गरेका छौँ । सबै पक्षलाई यो स्पष्ट हुन जरुरी छ, भारत र नेपालको बीचमा जेजति द्विपक्षीय मामिला छन्, त्यसमा कुनै पनि तेस्रो पक्षको भूमिका छैन,’ प्रवक्ता जैसवालले भने ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल शनिबार भारत भ्रमणमा जाँदै