वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र जिल्ला अधिवेशन पर्सामा मात्र सम्पन्न भएको छ । अधिवेशनका क्रममा पदीय स्वार्थको लडाई प्रजातान्त्रिक शैलीमा मात्र सिमित नभई झडपमा परिणत भएपछि मधेश प्रदेशका ७ जिल्लामा अझै जिल्ला अधिवेशन हुन सकेको छैन । आपसी झडप हुने पर्सा जिल्ला पनि अछुतो चाही होइन । तथापि अन्य जिल्लाभन्दा रास्वपा पर्साले जिल्ला अधिवेशन सम्पन्न गरी प्रदेश भरीकै अब्बल जिल्ला सावित गरेको हो ।
संगठनमा आफ्ना गुटको नेतृत्व प्राप्तिको ध्येयसहित अधिवेशनका क्रममा आन्तरिक खिचातानी, आपसी लात–मुक्का, हेल्मेट तथा कुर्सी प्रहार र मार–मुर्गी पुराना दलका कार्यकर्तालाई मात गर्ने गरी रास्वपाका कार्यकर्ता बीच धेरै जिल्लामा भयो । पर्सामा पनि अवस्था अशान्ति नजिक पुगेकै हो । तथापि रास्वपा पर्सा भने अधिवेशनको मिसन सफल बनाउन मधेशमा नै अग्रणी भएको छ ।
मधेश प्रदेश भरीमा पर्सा जिल्ला पार्टी पंतिमा अब्बल नै बनेको खुद रास्वपाका नेता कार्यकर्ताले पनि स्वीकारे । प्रतिनिधि छनौटका बिषयमा पर्सामा पनि अधिवेशनको पूर्व सन्धयामा नवप्रवेशी पंति र पुराना कार्यकर्ता पंति बीच लत्रम झुत्रम भएको थियो । तथापि सबैलाई मिलाई सौहाद्रपूर्ण ढंगले संगठन हाँकेका अनुभवी नेतृत्वले जिल्ला अधिवेशन सफल बनाई परिणाम पनि आफ्नै पोल्टामा पार्न सफल भए ।
नयाँ पुराना कार्यकर्ता बीच बर्चश्वको लडाई प्रमुख कारण
रास्वपाको मधेशका प्रायः आठ वटै जिल्लामा हानथाप चुलिनुमा पुराना र नयाँ कार्यकर्ता बीचको पार्टी कब्जाको सुक्ष्म रणनीति कारक रहेको स्थानीय नेता कार्यकर्ताले खुलासा गरे । पर्सा जिल्लामा पनि जेष्ठ २३ गते निर्वाचन प्रक्रिया अनुसार प्रतिनिधिहरुको नामावली प्रकाशन भई दावी बिरोधका समयमा आपसी झडप भएरै थियो । फलतः अधिवेशनको मिति एक दिन लम्बिई जेठ २४ गते केन्द्रिय संगठन विभागका सचिव शंकर श्रेष्ठको आगमन र पर्साका चारवटै सांसदहरुको सकृयतामा विवाद टुंगोमा पु¥याई अधिवेशन उद्घाटन शत्र पछि प्रजातान्त्रिक विधि अपनाई निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व निर्वाचित गरिएको निर्वाचन समितिका संयोजक डा.नन्दन यादवले बताए ।
सभापतिका लागि सांसदहरु नै आमने–सामने
पर्सा क्षेत्र न १ का सांसद बुद्धिप्रसाद (हरि) पन्त र पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानु बीच पुराना र नयाँ कार्यकर्ताको सुक्ष्म कडा प्रतिस्पर्धा पनि भएको थियो । फलतः रास्वपाका संस्थापक सभापति एवं पर्सा क्षेत्र नम्बर १ का सांसद पन्तले अर्का सांसद कानुलाई ४८ मतको फराकिलो मत अन्तरले पछि पार्दै संगठनको नेतृत्व पुनः आफ्नो पोल्टामा पारे ।
मधेसका अन्य ७ जिल्ला भने ठाउँ–ठाउँमा झडप र विवादले जिल्ला अधिवेशन अनिश्चित बनेका जिल्लामा दरिएका छन् । जिल्ला–जिल्लामा आन्तरिक लडाई उत्कर्षमा पुग्न थालेपछि जेष्ठ २६ गते रास्वपा केन्द्रिय निर्वाचन आयोगले सूचना नै जारी गरी निर्वाचन, प्रतिनिधि छनौट, प्रचारप्रसार लगायत अधिवेशन सम्बन्धी सम्पूर्ण गतिविधि अर्को सूचना जारी नभएसम्म स्थगित भएको रास्वपाका नेता कार्यकर्ताले स्वीकारे ।
मधेशका निर्वाचित सांसदहरु चुनावताका मात्रै टिकट लिएर चुनाव लडेकाहरुले त्यहाँको पार्टी पंति र संगठनमा भिज्न नचाहेको, संगठनलाई अवमूल्यन गरी जुन–जुन पार्टीबाट आएका नेता कार्यकर्ता थिए, सोहीको मात्र नेतृत्व चाहनुले रास्वपामा झगडाको बीउ रोपिएको पुराना नेता तथा कार्यकर्ताको स्वीकारोक्ति छ । तर नवप्रवेशी र निर्वाचन लक्षित पार्टी प्रवेशीहरु भने यो आरोप गलत भएको दावी गर्छन् । पार्टीमा प्रवेश गरेपछि नयाँ पुराना भन्ने हुन्न । नेतृत्व या पदमा जो कोही जान र मतदान गर्न सक्छ उनीहरुले तर्क गरे ।
पर्साको अधिवेशन र निर्वाचनमा पनि निर्वाचन लक्षित पार्टी प्रवेश गरी जनताबाट अनुमोदन भएका पर्सा क्षेत्र नम्बर २, ३ र ४ का तीन जना सांसद तथा उनीहरुका समर्थक एकातर्फ र संस्थापन पक्षधर अधिकाँश नेता कार्यकर्ता पर्सा १ का सांसद पन्ततर्फ देखिएका थिए । अन्ततः संस्थापन पक्षका नेता कार्यकर्ताको भावनामा चोट लाग्न नदिई जिल्ला कार्य समितिमा तीन सांसदको प्यानललाई पछि पारी पुराना कै बर्चश्व कायम भएको नेता कार्यकर्ताको प्रष्ट संकेत छ ।
सम्बन्धित समाचार
राज्यसत्ताको चरित्र र आचरणमा बदलाब ल्याउनुपर्छः राष्ट्रपति पौडेल
बजेट सकारात्मक तर कार्यान्वयनमा चुनौतिः उद्योगी व्यवसायी
संसदमा रमिता छ !
पुष्प वर्षासहित भाजपा मुख्यालयमा लामिछानेलाई भव्य स्वागत
रास्वपा सभापति लामिछाने र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
लिपुलेक–कालापानीवारे प्रश्न गर्दा अलमलिइन् रास्वपा सांसद आशा झा
महोत्तरीका १६ कामदार भारतमा बन्धक
समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको हुँ : रवि लामिछाने






