अर्थ सचिवमा ढुंगानाको सरुवा

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा शिशिरकुमार ढुंगानालाई सरुवा गरेको छ । मन्त्रालयको राजस्व सचिवबाट उनलाई अर्थ मन्त्रालयको सचिव बनाइएको हो । तत्कालीन अर्थ सचिव राजन खनाल गत २२ माघमा सेवानिवृत्त भएपछि सो पद रिक्त थियो ।

ढुंगाना आर्थिक र प्रशासनिक क्षेत्रमा राम्रो दक्खल राख्ने प्रशासक हुन् । ढुंगानाले सरकारले दिएको जिम्मेवारी इमानदारितासाथ पूरा गर्ने प्रतिबद्धता जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

epaper

ताजा समाचार

खेम शर्माको तीनवटा कृति सार्वजनिक