जिल्ला प्रशासन कार्यालय कैलाली नै प्रशासकीय अधिकृतविहीन

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलाली प्रशासकीय अधिकृतविहीन भएको छ । कार्यालयमा तीन जना प्रशासकीय अधिकृतको दरबन्दी भए पनि दुई जनाको अन्यत्र सरुवा र एक जना सुत्केरी बिदामा बसेकाले जिल्लाकै प्रमुख कार्यालयमा कर्मचारी अभाव भएको हो ।

प्रशासकीय अधिकृत नहुँदा जिल्ला प्रशासन कार्यालय कैलालीबाट सम्पादन हुने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । उनका अनुसार तीन जना प्रशासकीय अधिकृतको दरबन्दीमा एक जना मात्रै कार्यरत रहेको र उनी पनि ६ महिनाको सुत्केरी बिदामा बसेकाले नागरिकतालगायतका सेवा दिन मुस्किल भएको छ ।

‘सरकारले जिल्ला प्रशासन कार्यालयबाट एकद्वार प्रणाली लागु गरेर सेवा दिने भनेको छ तर कर्मचारी अभावले सेवाग्राहीलाई नागरिकता दिनसमेत समस्या छ,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीले पालैपालो नागरिकतामा हस्ताक्षर गर्नुपर्ने अवस्था छ । अध्यागमन कार्यालयबाट अधिकृत बोलाएर काम गर्नुपर्ने स्थिति बनेको छ ।’

जिल्ला प्रशासन कार्यालयमा मात्रै होइन सुखडमा रहेको इलाका प्रशासन कार्यालयमा समेत प्रशासकीय अधिकृत छैनन् । जसका कारण सो क्षेत्रका नागरिकलाई नागरिकताको प्रमाणपत्र लिन समस्या छ ।

जिल्ला प्रशासनले नै बजार अनुगमन गर्नुपर्ने, जिल्लाभरका मुद्दा मामिला समेत आउने भएकाले ती काममा खटाउन कर्मचारी नै नहुँदा समस्या भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ