पोखरा । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा मदरल्याण्ड माध्यमिक विद्यालय, पोखराका ११ जना विद्यार्थीले ३.९६ जिपिए ल्याउन सफल भएका छन् ।
विज्ञान र व्यवस्थापन संकायमा गरी ४०७ जना परीक्षार्थी सम्मिलित भएकामध्ये ११ जनाले ३.९६ जिपिए ल्याउन सफल भएका हुन् ।
यसैगरी, २०८ जनाको ३.६० भन्दा माथिको जिपिए छ भने १४३ जनाले ३.२० देखि ३.६० जिपिए ल्याएका हुन् ।
४६ जनाको २.८० देखि ३.२० सम्म, ६ जनाको २.४२ देखि २.८० सम्म जिपिए प्राप्त गरी कुल ४०३ (९९.०२ प्रतिशत) विद्यार्थीहरु उत्तीर्ण हुन भएका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए ।
सम्भवतः ३.९६ जिपिए ल्याउने विद्यार्थी नै यसपालि पनि नेपाल टप हुन् । गत वर्ष पनि मदरल्याण्डबाट १२ जनाको ३.९६ जिपिए आएको थियो । उनीहरु सबै जना नेपाल टप भएपछि विद्यालयले नगदसहित पुरस्कृत गरेको थियो ।
यसपालि ३.९६ जिपिए ल्याउनेमध्ये १ जना व्यवस्थापनकी दृश्या घिमिरे हुन् । बाँकी १० जना विज्ञान संकायका छन् । उनीहरुमा आशीष बस्ताकोटी, दीक्षा घिमिरे, इक्युटी पौडेल, जस्मिन बोहोरा, कृपा बराल, कृस्टिना पौडेल, मिजल पराजुली, रेडियस पोखरेल, सम्पूर्ण शर्मा र श्रेया तामाङ हुन् ।
अहिले ३.९६ जिपिए ल्याउनेमध्ये आशीष, इक्युटी, कृपा र रेडियसको एसईईमा ४ जिपिए आएको थियो ।
विद्यार्थी प्राचार्य डा. नारायण बरालले उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरुलाई बधाई दिँदै अझ बढी सफल र गौरवशाली शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेका छन् ।
देशभरको नतिजाअनुसार नियमतितर्फ ६९.७५ विद्यार्थी ग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
सम्बन्धित समाचार
सहकारीका शेयर सदस्यलाई स्वास्थ्यमा छुट
अठासी जना गर्भवतीलाई पोषणयुक्त खाद्यान्न वितरण
गर्मी बढेपछि कोहलपुरका विद्यालय तीन दिन बन्द
जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
लमजुङको लेकाली भेकमा धान रोपाई सुरु
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
कक्षा १२ को नतिजा सार्वजनिक
पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग






