सोती घटना : मृतकको सामुहिक हत्याको आशंका

जाजरकोट । बहुचर्चित पश्चिम रुकुमको सोेती घटनामा मारिएका सबै जनाको शवहरु रहस्यमय देखिएका छन् । घटनापछि भेरी नदीमा ६ जनाकै शव घाइते अबस्थामा फेला परेका हुन् । शवको प्रकृतिले उनीहरुको सामुहिक हत्या गरिएको अनुमान सबत्र गर्न थालिएको छ ।

राष्ट्रिय, अन्तराष्ट्रिय चासोमा रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको मृत्यु भएको छ । भेरी नगरपालिका ४ का नवराज वि.क, सन्दिप बि.क गणेश बुढा, वडा नं ११ का गोबिन्द शाही , लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका १ पश्चिम रुकुमका टिकाराम सुनारको सोति घटनामा ज्यान गएको हो ।

नवराज बि.क र सोतीकी मल्ल थरकी एक युवतीबिचको अन्तरजातीय प्रेम सम्बन्धले उनीहरु सबैको ज्यान लिएको छ । गत जेठ १० गते पश्चिम रुकुमा चौरजहारी नगरापालिका वडा नं ८ सोतिमा नवराजकी प्रमिकालाई भगाउन गएका जाजरकोटका १९ युवामध्ये ६ जनाको एकै चिहान भयो । अन्य सबै घाइते अबस्थामा छन् । घाइतेहरुको भनाई अनुसार सोतीमा वडा अयक्ष डम्बरबहादर मल्लको नेतृत्वमा रहेको गाउँलेको समुहले चौैतर्फी घेरा हालेर केटी भगाउन गएका युवालाई आक्रमण गरेका हुन् । केही भाग्न सफल भएपनि ६ जनालाई गाउँलले मारेर भेरीमा बगाएको घाइते सुदिप खड्काले बताए । ‘हामी धन्न ज्यान जोगाउन सक्यौं, अरुलाई मारेर भेरीमा हालेछन्’, खढ्काले राजधानीसंग भने ।

मृतकहरुको शब क्षत बिक्षिप्त अबस्थामा फेला परेसंगै सोती घटनाका ’boutमा बिभिन्न निकायबाट छनबिन र अनुसन्धान शुरु भएको छ । मृतका आफन्त र शव खोजबिनमा संलग्नहरुको भनाई अनुसार नवराजको शव टाउको र निधारमा गहिरो चोट, दाहिने हात भाचिएको र शरीभरी निलडाम परेको अबस्थामा फेला परेको थियो । गणेश बुढाका शव टाउकोको पछाडि भागमा गहिरो चोट, दाइने हात धारिलो हतियारले ३ ठाउँमा काटेको, आँखा फुटेको, निधारमा चोटपटक लागेको अबस्थामा फेला परेको हो ।

टिकाराम सुनारको एउटा आँखा फुटेको, कन्चट, टाउको र कोखामा चोट लागेको अवस्थामा शव फेला परेको छ । अण्डकोष र टाउकोमा गहिरो चोट, पलास्टिकको डोरीले दुवै हात बाँधेको । शरीरमा निलडाम परको अबस्थामा लोकेन्द्र सुनारको शव फेला परेको हो । सन्दीप विकको शव धारिलो हतियारले घाँटीमा हानेर पछाडि निस्केको देखिने घाउ, शरीरमा कपडा नभएको अबस्थामा फेला परेको छ । घटनाको १० दिनपछि फेला परेको गोबिन्द शाहीको शव दाँत भाचिएको, हात भाँचिएको र मुखको मकुन्डो लगाएर बगाएर आस्थामा फेला परको नेपाली काँग्रेस जाजरकोट क्षेत्र नं का सचिब छबिपन्तले जानकारी दिएका छन् ।

आधा दर्जन युवाको सामुहिक मृत्युपछि जाजरकोट जिल्ला नै शोकमग्न र आक्रोशित भएको छ । घटनाको सत्यथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै दिनहुँ जसो सदरमुकाममा आन्दोलन गर्ने गरिएको छ । दलित नवराजले ठकुरी युवतीसंग प्रेम गरेकै कारण घटना भएको भन्दै दलित समुदाय र अधिकारकर्मीको आन्दोलन पनि जारी नै छ । एकातिर आन्दोलन जारी छ भने अर्को तर्फ अनुसन्धान र छानबिन पनि जारी छ ।

अहिले घटनाको छानबिन राष्ट्रिय मानबाधिकार आयोगको टोली, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिबिआइबी, सरकारद्वारा गठित उच्च स्तरिय छानबिन समिति र अन्य निकायबाट पनि भइरहेको छ । घटना सामुहिक हत्याकाण्ड भएकाले मृतकहरुलाई संस्कृतिक सहिद घोषणा गर्न दलित अधिकारकर्मीले माग गर्दै आएका छन् । घटनामा आरोति चौरजहारी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मल्लसहित १८ जनाई रुकुम प्रहरीले अहिले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 623 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग