वडाध्यक्षमाथि हातपात गर्ने पत्रकार कुँवर पक्राउ

धनगढी । भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक कार्यक्रममा हातपात र दुर्व्यवहार गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । उनी नेपाल पत्रकार महासंघ कन्चनपुरकी सदस्य हुन् । महेन्द्रनगरस्थित एक होटलमा भइरहेको कार्यक्रममा पुगेर कुँवरले हातपात गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भनाभनका क्रममा कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको सोसल मिडियामा सार्वजनिक भिडियोहरुमा देखिन्छ । उनलाई तत्कालै वडा प्रहरी कार्यालयको टोलीले घटनास्थलबाट नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर राउतले कुँवरलाई पक्राउ गरेर जिप्रकाको हिरासतमा राखिएको बताए ।

उनीविरुद्ध वडाध्यक्ष देवकोटाले अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दिएको बताउँदै डीएसपी राउतले मुद्दा प्रक्रियामा अघि बढ्ने जानकारी दिए । कुँवरले भने आफ्नो फेसबुकमा भिडियो शेयर गर्दै वडाध्यक्षले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

epaper

ताजा समाचार

सुनको मूल्यमा पुनः उछाल, प्रतितोला १ हजार ४ सय रुपैयाँले महँगियो