सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ । वीरेन्द्रनगरस्थित शुभ होटलमा आयोजित एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन सम्बन्धी कार्यक्रममा सहभागी भइरहेकै बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सुर्खेतबाट काठमाडौंका लागि सिधा हवाई उडान उपलब्ध नभएपछि प्रहरीले उनलाई सडक मार्ग हुँदै नेपालगञ्ज पुर्याएको छ। सुर्खेतका प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेल आफैं होटल पुगेर पौडेललाई आफ्नै गाडीमा राखेर नेपालगञ्ज तर्फ लगेका हुन् ।
सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएपछि उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले ‘काठमाडौं जानेबेला भयो, निस्कनुस् भन्दै’ उनलाई होटल बाहिर बोलाएको थियो ।
उक्त कार्यक्रममा एमालेका अन्य शीर्ष नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र बादल लगायतको पनि उपस्थिति थियो । पौडेललाई नेपालगञ्जबाट हवाई मार्गमार्फत काठमाडौं पठाइने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
सम्बन्धित समाचार
विदेश पठाउन ‘काउन्टर सेटिङ’ गरेको आरोपमा दुई जना पक्राउ
लागुऔषधसहित १६ जना पक्राउ
लागुऔषधसहित ३३ जना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा






