८ पटक मन्त्री भइसकेका एमाले उपाध्यक्ष पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणको कसुरमा सुर्खेतबाट पक्राउ परेका पौडेललाई नेपालगञ्ज पु¥याएर हवाइमार्गमार्फत काठमाडौं ल्याइएको छ ।

सोमबार अपराह्न पौडेल सुर्खेतमा एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी थिए । कार्यक्रमबाट होटल पुगेका पौडेललाई होटलबाटै पक्राउ गरिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख एवं डीआईजी जयराज सापकोटाले बताएका छन् ।

पौडेललाई विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाइ छ । ‘सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि विभागले पत्र पठाएको थियो । सोही पत्रका आधारमा पक्राउ गरेका हौं,’ उनले भने ।

एमालेको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलका सदस्य पौडेल सुर्खेतमा कार्यकर्तासँग सुझाव संकलन गर्दै गर्दा पक्राउ परेका हुन् । कार्यक्रममा एमाले नेताहरू रामबहादुर थापा ‘बादल’, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मालगायतका नेता सहभागी थिए ।

प्रहरीले पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ । पक्राउ गर्नुअघि सम्पति शुद्धीकरण विभागको टोलीले पौडेलको भैंसेपाटीस्थित घरमा छापा मागेर केही कागजात नियन्त्रणमा लिएको छ । कार्यक्रमस्थलबाट सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेल आफैंले आफ्नै गाडीमा राखेर नेपालगञ्ज पु¥याएका थिए ।

८ पटकका मन्त्री, ५ पटक अर्थमन्त्री
एमालेबाट सर्वाधिक मन्त्री बन्नेमध्येका एक पौडेल ८ पटक मन्त्री भइसकेका व्यक्ति हुन् । यो अवधिमा उनले ५ पटक अर्थमन्त्रालयको कार्यभार सम्हाले ।

२०७२ कात्तिकमा अर्थमन्त्री बनेका उनी २०७७ असोजमा पुनः अर्थ मन्त्री बने । तेस्रो पटक २०७८ जेठमा, चौथोपटक २०७९ पुसमा उपप्रधानसहित अर्थमन्त्री बनेका पौडेल २०८१ असारमा पनि उपप्रधानमन्त्रीसहति अर्थमन्त्री बनेका थिए ।

पौडेल पहिलो पटक १२ चैत २०५३ देखि १० असोज २०५४ सम्म युवा, खेलकुद तथा संस्कृतिमन्त्री बनेका थिए । ५ भदौ २०६५ देखि ७ जेठ २०६६ जेठ उनी जलश्रोत मन्त्री थिए । २०६७ सालमा रक्षामन्त्री नियुक्त भएका पौडेल ११ भदौ २०६८ सम्म पदमा रहे ।

अध्यक्ष बन्ने दाउ र दौडधुपमा थिए पौडेल
जेनजी आन्दोलनपछि भएको निर्वाचनमा एमालेले लज्जास्पद पराजय भोगेपछि एमाले यतिबेला नेतृत्व फेरबदललाई लिएर विवादमा छ ।

पौडेल पछिल्ला दिन महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर आफैँ अध्यक्ष बन्ने योजनामा थिए । पार्टी महासचिव माधवकुमार नेपाल हुँदा नेपालका विश्वासपात्र, नेकपा कालमा प्रचण्ड र ओलीका विश्वासपात्र तथा एमाले विभाजनपछि अध्यक्ष ओलीका खास मानिएका पौडेल जेनजी आन्दोलनपछि ओलीको विरुद्धमा समेत बोल्दै आएका थिए ।

गएको २१ फागुनको निर्वाचनमा पार्टीले पराजय व्यहोरेपछि नेतृत्वको विकल्प खोज्नुपर्ने अभिव्यक्ति दिँदै आएका पौडेल भित्रभित्रै आफैं अध्यक्ष बन्ने दौडमा समेत थिए । पौडेल वालुवाटार जग्गा प्रकरणमा समेत मुछिएका व्यक्ति हुन् ।

तर सम्पत्ति शुद्धीकरण विभागले भने उनको जग्गा र अस्वभाविक शेयर कारोवार’bout अनुसन्धान गर्न पक्राउ गरेको बताएको छ । उनीमाथि लगाइने आरोप’bout औपचारिक रुपमा भने प्रहरीले केही बताएको छैन ।

सत्ता समीकरण निर्माण गर्न चलाख मानिने पौडेल केपी शर्मा ओली प्रधानमन्त्री बन्दा सबैभन्दा बढी अवसर पाउनेमा पर्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

मिक्लाजुङदेखि सर्लाहीसम्म महिलाको आशा बनेकी पार्वती गच्छदार