काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने छन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने छन् ।
मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उनले छलफल गर्ने कार्यक्रम छ । मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।
तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)
सम्बन्धित समाचार
वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
रवि–मोदी भेट आज
लुम्बिनी सरकारका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने
स्वतन्त्र सांसद पुन फेरि मन्त्री बन्दै
प्रतिनिधिसभा बैठक सञ्चालनमा ढिलाइ
निर्देशनालय र तालिम केन्द्र खारेज गर्ने कर्णाली प्रदेश सरकारको निर्णय
बाल लडाकु मुद्दामा ‘प्रचण्ड–बाबुराम’लाई ‘क्लिन चिट’






