अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘स्टेट अफ हर्मुज’ हुँदै आवतजावत गर्ने जहाजहरूमाथि कुनै पनि प्रकारको शुल्क, बीमा लागत वा अतिरिक्त कर नलगाउने जानकारी दिएको बताएका छन् ।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा बुधबार लेख्दै ट्रम्पले इरानबाट प्राप्त जानकारीअनुसार ‘स्टेट अफ हर्मुज’ प्रयोग गर्ने जहाजहरूबाट कुनै शुल्क असुल नगरिने उल्लेख गरेका हुन् ।
उनले केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै ती विवरणहरू वास्तविकताभन्दा फरक रहेको दाबी गरेका छन् । ट्रम्पले इरानले दिएको जानकारी गलत सावित भएमा अमेरिका र इरानबीच जारी वार्ता तत्काल अन्त्य हुने चेतावनी दिए । “यदि यो जानकारी गलत भयो भने वार्ता तुरुन्तै समाप्त हुनेछ”, ट्रम्पले लेखेका छन् ।
अमेरिका र इरानबीच क्षेत्रीय सुरक्षा तथा आपसी सम्बन्ध सुधारका विषयमा विभिन्न चरणमा संवाद जारी रहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।
सम्बन्धित समाचार
हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
अमेरिका-इरान वार्ता आज
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा
कतारको रास लाफान ग्यास प्लान्टमा भीषण विस्फोट : १३ जनाको मृत्यु, ६६ घाइते
एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो पत्रकार थिए
कतारमा ग्याँस प्लान्ट विस्फोटमा नेपाली घाइते
अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार






