काठमाडौ । राजधानी दैनिकका पोखरा समाचारदाता विजय नेपाललाई रोटरी जर्नो अवार्ड–२०२६ प्रदान गरिएको छ ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) द्वारा शुक्रबार काठमाडौंमा आयोजित समारोहमा उनीसहित ७ जना पत्रकारलाई नगद ५१ हजारसहित उक्त अवार्ड प्रदान गरिएको हो । पत्रकार नेपालको स्थायी घर पाल्पाको रिब्दीकोट ७, मैनादी हो ।
उनी दुई दशकदेखि पोखरामा रहेर पत्रकारितामा क्रियाशील छन् । सोही समारोहमा आदित्यमान श्रेष्ठलाई यज्ञप्रसाद आचार्य रोटरी लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो ।
रोटरी जर्नो अवार्ड प्राप्त गर्नेहरूमा गोरखाका सुदीप कैनी, सिन्धुलीका सागर बुढाथोकी, सुनसरीका विकल रेग्मी, ओखलढुंगाका सरोज ढुंगेल, काठमाडौंकी उर्वसी बस्न्यात र बाँकेकी रूपा गहतराज छन् । समारोहका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डाइरेक्टर नोमिनी बासुदेव गोल्यान, रोटरीका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले पत्रकारलाई पुरस्कृत गरे ।

पत्रकारितामार्फत समाजमा सकारात्मक सिर्जना गर्ने पत्रकारलाई रोटरीले सन् २०११ देखि रोटरी जर्नो अवार्ड प्रदान गर्दै आएको छ। यसअघि लाइफटाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ पत्रकार भैरव रिसाल र भारतदत्त कोइरालालाई सम्मान गरेको थियो।
रोटरीले सेवा गर्ने क्षेत्रलाई आधार मानेर विभिन्न विधामा देशभरीबाट अनलाइन आवेदन माग गरेकोमा छनोट समितिले उत्कृष्ट पत्रकारको छनोट गरेको रोटरी जर्नो अवार्ड कमिटी अध्यक्ष सुरेश आचार्यले जानकारी दिए। फरक फरक विधामा ५० पत्रकार २६७ समाचार सामग्री प्रतिस्पर्धामा रहेको जानकारी दिए ।
जुरी प्यानल कोअर्डिनेटर वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पत्रकारको क्षमता आधारमा निकै स्वच्छ र पारदर्शी ढंगले छनोट गरिएको बताए । प्रमुख अतिथि गोल्यानले पुरस्कृत सम्पूर्ण पत्रकारलाई बधाई दिँदै यसबाट अब्बल र मेहनति पत्रकारलाई अझ अगाडि बढ्ने प्रेरणा मिल्ने बताए ।
डिस्ट्रिक्ट गभर्नर कोइरालाले रोटरीले समाजिक सेवा सँगसँगै पत्रकारलाई पनि बर्सेनि पुरस्कृत गर्दै आएको बताए । रोटरीका १२ लाख सदस्य रहेको उल्लेख गर्दै समाजमा भोकेस्नल सर्भिसलाई विश्वास गर्ने बताए । उनले भने, रोटरीले पेसागत मर्यादालाई उच्च सम्मान गर्छ। रोटरीले स्वार्थभन्दा माथि उठेर श्रम, पैसा, समय र क्षमता समाजमा डोजेट गर्ने काम गर्छ । रोटरीले गरेका कामलाई सकारात्मक ढंगले बुझिदिन पनि आग्रह गर्छु।
सम्बन्धित समाचार
सूर्यदर्शन सहकारी प्रकरणः प्रतिवादीहरु कुमार रम्तेल, भविश्वर अर्याल र प्रमोद भट्टराईलाई थुनामै राख्ने आदेश
१० वर्षमा २२० केभी प्रसारण लाइन निर्माण आयोजना र स्थानीयबीच १२ बुँदे सहमति
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
गण्डकी सरकारको बजेट झण्डै ३३ अर्ब
पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग
भूमि आयोगका पदाधिकारीले सुविधा नपाएका गुनासो
पोखरा मदरल्याण्डका ११ जनाले ल्याए ३.९६ जिपिए
खाडीको जीवनभन्दा गाउँ प्यारो






