मौलिक खानासँगै काठमाडौँको टोल टोलमा चलचित्र महोत्सव

काठमाडौँ । शुक्रवार काठमाडौँको बागबजार स्थित भक्तपुर बसपार्कदेखि श्रेष्ठ टे«लरिङ भवनसम्म सडकको दुवै किनारामा विभिन्न स्टलहरू राखिएको थियो । मध्यान्नदेखि सुरु भएको यो स्टलमा स्थानीय मौलिक खाना, विभिन्न हस्तकलाका सामग्री, विभिन्न कलाकृति, गीत संगीत तथा नेपाल भाषाका चलचित्रका प्रचार सामग्री राखिएको थियो ।

काठमाडौँ महानगरपालिकाले गत साताबाट सुरु गरेको ‘टोल टोलामा फिल्म महोत्सव’ अन्तर्गत शुक्रवार काठमाडौँको बागबजार क्षेत्रमा यो महोत्सव आयोजना गरेको हो । निर्णय नेपालले बागबजार सडक खण्डमा यो महोत्सवको शुक्रवार संयोजन गरेको थियो । सो क्षेत्रमा शुक्रवार साँझबाट चलचित्र प्रदर्शन गरिएको भए पनि दिनभर सडकमा खाना महोत्सव आयोजना गरिएको थियो । साँझ भने खानासँगै स्थानीयहरू चलचित्रमा रमाएका थिए ।

काठमाडौँ महानगर पालिकाले अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ निर्देशित ‘सवारी साहित्य’ र इशान भुषाल निर्देशित ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शनसँगै गत साताबाट ‘टोल टोलामा फिल्म महोत्सव’ सुरु गरेको हो । शुक्रवार बागबजार क्षेत्रमा भने पाँच वटा लामा छोटा चलचित्रहरू प्रदर्शन गरियो । महोत्सवमा दर्शकले खानासँगै शैलेस आरसीको ‘पुपा’, नेपाल फिल्म एकेडेमीको ‘दृष्टि’,गृष्मा गिरीको ‘ब्ल्यु अफ पिंक’, आर्यम नकमीको ‘वचन’ र जोन योञ्जनको ‘प्रतिबिम्ब’ हेरे ।

‘टोल टोलमा फिल्म महोत्सव’ सुरु गत साताबाट सुरु भएको हो । काठमाडौँ महानगरपालिकाले टुँडिखेलको खुलामञ्चमा गत साता बिहिबार यो महोत्सवको उद्घाटन गरेको थियो । त्यसपछिबाट सुरु भएको यो महोत्सव आगामी २६ असारसम्म जारी रहने महोत्सव प्रेस संयोजक चन्द्रमणि भट्टराईले जानकारी गराए । उनका अनुसार काठमाडौँ महानगरपालिकाले युनेस्को क्रियटिभ सिटीज नेटवर्कअन्तर्गत ‘चलचित्र विधा’बाट सदस्य प्राप्त गरेका कारण पनि महानगरपालिकाले टोल टोलमा चलचित्र महोत्सव सुरु गरेको हो ।

काठमाडौँ महानगरपालिकाकी कार्यकारी प्रमुख सुनिता डंगोल गत महिना अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कान्समा सहभागी भएकी थिइन् । कान्स महानगरले त्यहाँ भव्य रूपमा आयोजना गरेको कान्स अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्वभरका चलचित्रकर्मीहरूसँग उनको सात्क्षात्कार भयो । महोत्सवको त्यो भव्यता देखेर कार्यकारी प्रमुख सुनिता डंगोल निकै प्रभावित भईन् ।

कान्सबाट फर्के लगत्तै सुनिताले नेपाली र स्थानीय चलचित्र एवम् लघु चलचित्रको प्रवर्धनको लागि ‘काठमाडौँ फिल्म फेस्टिवल’ अन्तर्गत ‘टोल टोलमा फिल्म महोत्सव’ सुरु गरेको बताएकी छिन् । सुनिताको भनाइमा काठमाडौँ महानगरपालिकाले यसै वर्ष काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजनाको तयारी पनि गर्दै छ । त्यसको लागि पनि आफूहरूले यो स्थानीय महोत्सव आयोजना गरेको उनको कथन छ । राष्ट्रिय तथा स्थानीय चलचित्रसँग काठमाडौँ महानगर क्षेत्रको गीत संगीत, संस्कृति र यहाँको मौलिक खानालाई जोडेर यो महोत्सव आयोजना गरिएको उनले बताएकी छिन् । सुनिताको भनाइमा यो असार भरी आयोजना गरिने ‘टोल टोलमा फिल्म महोत्सव’ ’bout स्थानीयको प्रतिक्रिया र सहभागितालाई हेरेर यसलाई अब कसरी अगाडि बढाउने भन्ने निर्णय महानगरपालिकाले लिनेछ ।

काठमाडौँ महानगरले अघिल्लो बिहीबार खुला मञ्चबाट सुरु गरेको यो महोत्सव गत शुक्रवार असन बजार क्षेत्रमा आयोजना गरेको थियो । महोत्सवमा लघु चलचित्र प्रदर्शन, चलचित्र कला’bout अन्तरक्रिया, चलचित्र गीत संगीत प्रस्तुति तथा सांस्कृतिक झाँकीहरू प्रस्तुत सहित त्यहाँ कार्यक्रम गरिएको थियो । त्यहाँ स्थानीयले मौलिक खानाका परिकारको स्टल समेत राखेका थिए ।

यो महोत्सव आज शनिवार काठमाडौँको सुनधारा क्षेत्रमा आयोजना गरिने भएको छ । सुनधारा क्षेत्रमा शनिवार बिहानै देखि स्टल राखेर मौलिक खानासहित सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिने र साँझबाट बेलुकासम्म चलचित्र प्रदर्शनीको कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ ।

२६ असारसम्म शुक्रवार र शनिवार आयोजना हुने यो कार्यक्रम अर्को शुक्रवार र शनिबार लगन टोल क्षेत्र र बालाजु बाइपास क्षेत्रमा आयोजना गरिने भएको छ । बालाजुमा आयोजना हुने ‘टोल टोलमा फिल्म महोत्सव’लाई येँःका पुचःले व्यवस्थापन गर्ने भएको छ । यस्तै लगन टोलमा आयोजना हुने यो महोत्सवलाई न्हुग पःला सांस्कृतिक मिसा पुचःले व्यवस्थापन गर्ने आयोजक पक्षले जनाएको छ ।

असारको अन्तिम साता शुक्रवार र शनिवार यो महोत्सव मैतीदेवी चौर र यट्खा बहाल भाष्करकीर्ति महाविहारमा आयोजना हुने छ । नेपाल भाषा स्यनेकने फाउन्डेसनले यट्खा बहालमा र मैतीदेवी युनाइटेड क्लवले मैतीदेवी मन्दिर खुला चौरमा यो महोत्सवको व्यवस्थापन गर्ने पनि महानगरपालिकाले जनाएको छ । यसरी चलचित्र महोत्सवको लागि स्थानीय सडकसँगै त्यहाँको पार्क, डबली तथा चोकहरू चयनसँगै त्यहाँ विविध कार्यक्रमसहित यो महोत्सव अगाडि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

केपिलासगढीमा प्रभाकारी बन्दै ‘बुहारी शिक्षा’ कार्यक्रम