काठमाडौं । चार पटकको विश्वकप विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको छ । पाराग्वेसँगको अचम्मलाग्दो हारपछि जर्मनीको विश्वकप यात्रा नकआउट चरणबाटै समाप्त भएको छ । जुलियो एन्सिसोले ४२ औं मिनेटमा हेडमार्फत् गरेको गोलले जर्मनी मध्यान्तर अघि १–० ले पछि परेको थियो ।
मध्यान्तरअघिसम्म जर्मनीको प्रदर्शन कमजोर थियो, तर दोस्रो हाफमा काई हाभर्ट्जले खेल सुरु भएको ८ मिनेटपछि गोल गरेर खेल बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल हुनसकेन र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा पनि गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो ।
यस सिजनमा आर्सनललाई इङ्लिस प्रिमियर लिगको उपाधि जित्न २२ वर्षको पर्खाइ समाप्त गर्न मद्दत गर्ने हाभर्ट्जले पेनाल्टीको सुरुवाती प्रहार गुमाए। जुन जर्मनीका लागि घर फर्किने कारण बन्यो । फिफाले जर्मनीलाई विश्वको १० औं स्थानमा राखेको थियो भने पाराग्वे ४१ औं स्थानमा थियो।
जर्मनीको यो हार विश्वकप नकआउट फुटबलमा सबैभन्दा ठूलो सन्नाहट ठानिएको छ । विश्वकपमा पेनाल्टी सुटआउटमा जर्मनको यो पहिलो हार हो । सन् २०१० मा विश्वकप उचालेपछि जर्मनी प्रतियोगिताको अन्तिम १६ मा पुगेको छैन ।
सम्बन्धित समाचार
अग्रता जोगाउन नसक्दा इरानसँग बराबरीमा रोकियो न्यूजिल्यान्ड
दमकमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता जारी
कतारको पोस्टमा क्यानडाको ६ गोल
क्यानडाको ऐतिहासिक रात, मेक्सिको ‘अन्तिम ३२’मा
जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै
‘बर्थ डे’ सँघारमा मेस्सीको कीर्तिमानी रात
पाको उमेरमा गोल हान्ने रोनाल्डो दोस्रो, मेस्सी चौथों नम्बरमा
अग्रता जोगाउन नसक्दा जापान पराजीत, ब्राजिल अन्तिम १६ मा





