काठमाडौं । विश्व फुटबलका महान् सर्वकालीन खेलाडी लियोन मेस्सीले आफ्नो नाममा अर्को अविस्मरणीय अध्याय थपेका छन् । ‘फिफा विश्वकप २०२६’को समूह चरणअन्तर्गत अस्ट्रियाविरुद्धको खेलमा कप्तान मेस्सीले दुई गोल गरेपछि साविक विजेता अर्जेन्टिनाले २–० को महइभ्वपूर्ण जित निकाल्दै ‘नकआउट’ चरण अर्थात् ‘अन्तिम ३२’मा स्थान सुरक्षित गरेको छ । मेस्सीको यही प्रदर्शनले उनलाई विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनाएको छ ।
सर्वाधिक गोलकर्ताको कीर्तिमान, ‘अन्तिम ३२’मा अर्जेन्टिना
अमेरिकाको टेक्सासस्थित अर्लिङ्टनको एटी एन्ड टी रंगशालामा भएको यो खेल सुरुदेखि नै विशेष अपेक्षासहित हेरिएको थियो । कारण थियो– मेस्सी विश्वकप गोलको पुरानो कीर्तिमान तोड्ने स“घारमा थिए । जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको पुरुष विश्वकपको १६ गोलको कीर्तिमानसँग बराबरीमा रहेका मेस्सीलाई इतिहास बनाउन एक गोलमात्रै आवश्यक थियो । अन्ततः उनले दुई गोल गर्दै कीर्तिमान अझ फराकिलो बनाएका छन् ।
खेल सुरुवात अर्जेन्टिनाका लागि केही तनावपूर्ण रह्यो । अस्ट्रियाले रक्षात्मक रणनीति अपनाउँदै अर्जेन्टिनाका स्टार खेलाडीलाई खुला ठाउँ दिन चाहेन । बल नियन्त्रणमा अर्जेन्टिना केही अगाडि देखिए पनि अस्ट्रियाले आफ्नो संरचना बलियो राख्यो । मेस्सीलाई रोक्न अस्ट्रियाका डिफेन्डर निकै सतर्क देखिन्थे ।
खेल सुरुवाती चरणमै अर्जेन्टिनाले पेनाल्टी अवसर पायो । समर्थक मेस्सीले त्यही क्षण इतिहास बनाउने अपेक्षामा थिए । तर, मेस्सीको प्रहार लक्ष्यमा जान सकेन । लामो समयपछि ठूलो अवसर गुमाएका मेस्सी निराश देखिए पनि उनको आत्मविश्वास भने घटेन । यही असफलतापछि उनले देखाएको प्रतिक्रिया नै खेलको सबैभन्दा ठूलो कथा बन्न पुगेको छ ।
पहिलो हाफको ३८औं मिनेटमा मेस्सीले आफ्नो वास्तविक क्षमता देखाए । अर्जेन्टिनाको आक्रमणलाई उत्कृष्ट तरिकाले अघि बढाउँदै उनले प्राप्त अवसर शान्त दिमागले गोलमा परिणत गरे । त्यो गोलसँगै उनले विश्वकप इतिहासमा पुरुषतर्फ सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए । त्यसपछि खेल अझ रोमाञ्चक बन्यो । अग्रता लिएको अर्जेन्टिनाले खेल नियन्त्रणमा राख्न खोज्यो भने अस्ट्रियाले बराबरी गोल फर्काउने प्रयास ग¥यो । अस्ट्रियाका खेलाडीले शारीरिक खेल र तीव्र दबाबमार्फत अर्जेन्टिनालाई समस्या दिन खोजे । तर, अर्जेन्टिनाको रक्षापंक्ति र गोलरक्षक एमिलियानो मार्टिनेजले अस्ट्रियाका प्रयास रोकिरहे ।
यो जितसँगै अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा अभियान अझ बलियो बनाएको छ । ‘कतार विश्वकप २०२२’को विजेता टोली अहिले फेरि एकपटक उपाधिको दाबेदारका रूपमा देखिएको छ । यस यात्राको सबैभन्दा ठूलो आकर्षण भने मेस्सी नै बनेका छन् ।
दोस्रो हाफमा अर्जेन्टिनाले थप अवसर सिर्जना ग¥यो । प्रशिक्षक लियोनेल स्कालोनीको टोलीले अनुभव र धैर्य देखाउँदै खेललाई आफ्नो नियन्त्रणमा राख्यो । अस्ट्रियाले पनि हार मानेन र केही राम्रो आक्रमण बनायो, तर गोल गर्ने निर्णायक क्षण उसले पाउन सकेन ।
खेलको अतिरिक्त समयसम्म पुग्दा पनि नतिजा १–० नै थियो । तर, अन्तिम क्षणमा फेरि मेस्सीले आफ्नो जादु देखाए । ९५औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । यससँगै उनको विश्वकप गोल संख्या १८ पुगेको छ र उनी इतिहासकै शीर्ष स्थानमा पुगेका छन् । यस खेलमा अर्जेन्टिनाका दुवै गोल मेस्सीको नाममा रहे । पहिलो गोल ३८औं मिनेटमा र दोस्रो गोल ९० मिनेटपछि थपिएको अतिरिक्त समयमा ९५औं मिनेटमा आएको थियो । एकै खेलमा दुई गोल गर्दै मेस्सीले टोलीलाई जित मात्र दिलाएनन्, आफ्नो व्यक्तिगत विरासतलाई पनि अझ बलियो बनाए ।
खेलको अनुशासन पक्षमा पनि केही घटना भए भए । अर्जेन्टिनाका फाकुन्डो मेडिनाले ७६औं मिनेटमा पहेँलो कार्ड पाए । लिआन्द्रो पाराडेसले अतिरिक्त समयतर्फ ९२औं र ९३औं मिनेटमा लगातार दुई पहेँलो कार्ड पाए । अस्ट्रियातर्फ स्टेफान पोस्चले ४०औं मिनेटमा पहेँलो कार्ड पाए भने कोनराड लाइमरले ७६औं मिनेटमा कार्ड खाए । खेलको मुख्य रेफ्री इजिप्टका अमिन मोहम्मद उमर थिए । उनको नेतृत्वमा भएको खेलमा अर्जेन्टिनाले अनुशासित प्रदर्शन गर्दै महइभ्वपूर्ण ३ अंक हात पा¥यो । खेल अमेरिकाको टेक्सासस्थित अर्लिङ्टनमा रहेको एटी एन्ड टी रंगशालामा आयोजना गरिएको थियो ।
यो जितसँगै अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा अभियान अझ बलियो बनाएको छ । ‘कतार विश्वकप २०२२’को विजेता टोली अहिले फेरि एकपटक उपाधिको दाबेदारका रूपमा देखिएको छ । यस यात्राको सबैभन्दा ठूलो आकर्षण भने मेस्सी नै बनेका छन् । उमेर, दबाब र अपेक्षाबीच पनि उनले प्रमाणित गरेका छन् कि ठूलो मञ्चमा निर्णायक बन्ने क्षमता अझै उनमा जीवित छ ।
मेस्सीका लागि यो दुई गोलको खेल थिएन । यो विश्व फुटबलको इतिहासमा आफ्नो स्थान अझ माथि पु¥याउने रात थियो । एउटा पेनाल्टी गुमाएको केही समयपछि नै दुई गोल गरेर खेल बदल्ने क्षमता देखाउँदै उनले फेरि ‘महान् खेलाडीहरू असफलतापछि अझ बलियो भएर फर्किन्छन्’ भन्ने प्रमाणित गरेका छन् ।
सम्बन्धित समाचार
विश्वकप फुटबल: उद्घाटन खेलमा मेक्सिकोको जित, ३ खेलाडीलाई रातो कार्ड
पौडी खेलाडी छनोट विवाद अदालतमा, राखेपको पत्र शंकास्पद
जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?
बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि
इजिप्टको आत्मघाती गोल उपहार पाएपछि हारबाट जोगियो बेल्जियम
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको प्रभावशाली जीत
विश्वकप फुटबलःमेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
कंगोसँग रोनाल्डोको पोर्चुगल १–१ गोलको बराबरीमा रोकियो





