१३औँ म्यूजिक खबर म्युजिक अवार्ड : शम्भूजीतलाई दीर्घ साधना सम्मान, ३३ विधामा अवार्ड प्रदान

काठमाडौं । ‘१३औँ म्यूजिक खबर म्युजिक अवार्ड – २०८२’ समारोहमा अग्रज संगीतकार शम्भूजीत बासकोटा ‘म्यूजिक खबर दीर्घ साधना सम्मान– २०८२’ बाट सम्मानित भएका छन् । आइतबार अबेरसाँझ काठमाडौँमा सम्पन्न समारोहमा पूर्व उपराष्ट्रपति परमानन्द झाले ५१ हजार रुपैयाँसहित सो सम्मान बासकोटालाई प्रदान गरे । समारोहमा संगीतकार बासकोटाको सम्मानमा गायिका टीका प्रसाईँले उनको विभिन्न गीत प्रस्तुत गरिन् ।

कार्यक्रममा अग्रज गीतकार उन्नति शिला बोहरालाई विशिष्ट सम्मान, गीतकार विजय सिवाकोटीलाई रजत संगीत सम्मान, गायक शिव परियार र गायिका कालिका रोका मगरलाई दशक संगीत सम्मानबाट सम्मानित गरियो । पत्रकार द्वय कुवेर गिरी र गोपीकृष्ण चापागाईँ ५ हजार ५५५ रुपैयाँसहित ‘म्युजिक खबर संगीत पत्रकारिता सम्मान’बाट सम्मानित भए । यस्तै गायक डा.रणजित झा, गायिका निता आचार्य, बाल कलाकार युनिशा घिमिरे, सञ्चारकर्मी उदयराज शर्मा, गीतकारहरू पुरुषोत्तम सानु, सुशीला पौडेल, पुष्पा खनाल पनि सम्मानित भए ।

समारोहमा गीत संगीतका विभिन्न ३३ विधामा अवार्ड प्रदान गरियो । म्युजिक खबर म्युजिक अवार्डमा सुगम संगीततर्फ प्रवीण बेडवाल, सारिका घिमिरेले उत्कृष्ट गायक गायिका, डम्बर याक्सोले गीतकार, शंकर थापा स्माइलले संगीतकारको अवार्ड जिते । यस्तै सरला श्रेष्ठले महिला गीतकार, मनोज खड्काले डायस्पोरा गीतकार, नरेन्द्र वियोगीले संगीत संयोजकको अवार्ड प्राप्त गरे ।
सुगम संगीतमा म्युजिक भिडियो तर्फ महिला मोडलको अवार्ड झरना रिसालले, पुरुष मोडलको अवार्ड सुरेश कोह्लीले, छायांकारको अवार्ड अजय रेग्मीले, सम्पादनको अवार्ड पदम सुवेदीले, भिडियो निर्देशन अवार्ड राहुल शाहले र ध्वनि सम्पादनको अवार्ड नरेश बिबिसीले हासिल गरे ।

युगल गायनको अवार्ड कर्णराज गिरी र कमला रेग्मीले, राष्ट्रिय भावको गीत अवार्ड सुरेन्द्र खड्काले, पप संगीततर्फ संगीतकारको अवार्ड विनय कार्की क्षेत्रीले, पप गायकको अवार्ड रविन श्रेष्ठ, पप गायिकाको अवार्ड आश्रा कुँवरले पाए ।

चलचित्रतर्फ चलचित्र ‘लाज शरणम’बाट सुरज पण्डितले गायकको अवार्ड, चलचित्र ‘ऊनको स्वीटर’को फकाउँछ काफ्ले… गीतबाट झुमा लिम्बुले गायिकाको अवार्ड, यही गीतबाट युवराज काफ्लेले गीतकारको अवार्ड, चलचित्र ‘अन्जिला’को रात किन हुन्छ…गीतबाट थानेश्वर गौतमले चलचित्र संगीतकारको अवार्ड थापे ।

यस्तै लोकदोहोरी तर्फ लोकदोहोरी गायकको अवार्ड अर्जुन सापकोटाले, गायिकाको अवार्ड लक्ष्मी आचार्य, लोकदोहोरी भाकातर्फको अवार्ड नवीन परियारले, लोकदोहोरी शब्दको अवार्ड प्रसाद लामिछानेले हासिल गरे । समारोहमा लोकदोहोरी गीत म्युजिक भिडियोतर्फ उत्कृष्ट पुरुष मोडलको अवार्ड करीमैले.. गीतबाट अभिनेता पल शाह र महिला मोडलको अवार्ड यही भिडियोबाट नारायणी खत्रीले प्राप्त गरे । म्युजिक भिडियो निर्देशक अवार्ड दीप गुरुङले, लोकदोहोरी नवप्रतिभा अवार्ड गायिका रेखा पोख्रेल र गायक मनोहर शर्माले, कल्चरल गीत गायिकाको अवार्ड सुशीला गौतमले हासिल गरे ।

समारोहमा जुरी अवार्ड गीतकारतर्फ कल्याण श्रेष्ठ र केशव भट्टराई, राष्ट्रिय भाव गीतकारतर्फ पारसमणि बराल, पप गायनतर्फ सुनिल उप्रेती, आधुनिक गायन तर्फ छिरिङ भुटिया र संगीतर्फ बीबी अनुरागीले प्राप्त गरे । समारोहमा कलाकारहरू पल शाह, नारायण खत्री, देवान खनाल, धिरज राई, युनिशा घिमिरेलगायतले नृत्य एवम् गीत प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

शव पहिचान केन्द्र भरतपुर बाहिर आफन्त (तस्बीरहरु)