काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम अवधारणामा निर्माणाधीन ४७।७ मेगावाट क्षमताको मौलाकालिका जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।
तनहुँ–नवलपुर सीमास्थित कालीगण्डकी नदीमा निर्माण भइरहेको आयोजनाले ६ महिनामै ३० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गरेको छ ।
मौलाकालिका हाइड्रोपावर कम्पनीका अनुसार आगामी दुई वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ। आयोजनाअन्तर्गत बन्ने जलाशयमा क्रुज सेवा सञ्चालन तथा पाँचतारे होटल निर्माणको योजना रहेकाले यसलाई नेपालकै नमूना हाइड्रो–टुरिजम परियोजनाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)










