राष्ट्रिय सभाको बैठक स्थगित किन ? यस्तो छ कारण

सङ्घीय संसद भवन सिंहदरबारमा आज बसेको राष्ट्रियसभा बैठकमा सहभागी सांसदहरू । तस्बिर: किरणराज बिष्ट / रासस

काठमाडौं । राष्ट्रिय सभाको बैठक प्राविधिक समस्याका कारण स्थगित भएका छ।

शुक्रबार दिउँसो राष्ट्रिय सभाको बैठक सञ्चालन भएको थियो। बैठक सञ्चालन भएको केही समयमै बैठकको ‘लाइभ अडियो’मा समस्या आएको थियो।

तैपनि केहीबेर राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालन गरेका थिए। तर, अडिओ नसुनिएपछि अध्यक्ष दाहालले २० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका छन्।

राष्ट्रिय सभाको आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकमा मन्त्रालयगत छलफल रहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल