विद्युत उपभोक्ता संस्थाको अधिवेशन ९ वर्षदेखि भएन

लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा रहेको लमजुङ विद्युत उपभोक्ता संस्थाको अधिवेशन पछिल्ला ९ वर्षदेखि भएको छैन । यसले सुशासनमा व्यङ्ग्य कसेको रुपमा लिइएको छ ।

बेसीशहर नगरपालिका– ३ को रानीकुवा स्थित लमजुङ विद्युत उपभोक्ता संस्थाको विधान अनुसार अधिवेशन ४–४ वर्षमा हुनुपर्ने उल्लेख छ तर २०७४ साल यता सो संस्थाको अधिवेशन भएको सो संस्थाका सदस्य एवम् जिल्लाका विद्युत उपभोक्ताहरूले गुनासो गरेका छन् ।

जिल्लामा यतिबेला सम्भवतः सबैभन्दा धनी गैर सरकारी संस्थाका रुपमा परिचित र स्थापित हुँदाहुँदै पनि त्यसको वार्षिक साधारण सभा र समयानुकुल अधिवेशन किन भएको छैन, गरिदैन ? भन्ने प्रश्न पेचिलो रुपमा उठ्न थालेको छ । त्यो संस्था २०५३ साल स्थापनाकालमा लमजुङ जिल्लामा विद्युत सेवा उपलब्ध गराउने नमूना योजना(पाइलट प्रोजेक्ट)का रुपमा कार्य गर्नका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरी काम थालिएको हो । लमजुङका तत्कालीन २४ गाविस र तनहुँका चार गाविसमा विद्युत सेवा प्रवाह गर्ने र विस्तार, सासानो मर्मत तथा मिटर रिडिङ र विलिङको काम गर्ने कार्य गर्न प्राधिकरणले त्यो संस्थालाई २०५३ सालदेखि सुम्पिएको हो ।

जिल्ला प्रशासन कार्यालयका रेकर्ड अनुसार सो संस्थाको दर्ता नं– १२७ र दर्ता मिति ः २०५३÷१०÷१५ भन्ने उल्लेख छ । सो संस्थाको विद्युत सेवा गुणस्तरहीन भएर उपभोक्ताले सास्ती खेप्न पर्नुका साथै पाउनु पर्ने सेवा सुविधासमेत उपभोक्ताले नपाएपछि त्यसको चर्को विरोध भयो ।

त्यसका ’boutमा विभिन्न सञ्चारमाध्यममा समाचारसमेत प्रशस्त प्रकाशित भए, त्यसपछि विद्युत प्राधिकरणले २०७४ सालको पुसमा सम्झौता रद्द गरी आफैले सेवा दिन थालेको हो । त्यो संस्थाको विधान अनुसार समितिको कार्यकाल चार वर्षको हुन्छ र त्यो वर्ष पनि अधिवेशन हुनुपर्ने वर्ष थियो ।

तर त्यो अधिवेशन तथा वर्षैपिच्छे गर्नु पर्ने साधारण सभा त्यसपछिका यतिका वर्षसम्म नभएको भन्दै त्यसका विद्युत उपभोक्ताहरूले माग गरेका छन् । उपभोक्ताको नाम तर जिल्ला प्रशासन कार्यालयको रेकर्डमा भने त्यो संस्था नियमित नवीरकण भइरहेको देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

विद्युत उपभोक्ता संस्थाको अधिवेशन ९ वर्षदेखि भएन